१२ वर्षें मेला ( ल्ह फेव ) नछुटाउनु ..!

१२ वर्षें मेला ( ल्ह फेव ) नछुटाउनु ..!

  • शनिबार, पुस १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

आमाले भन्थिन छोरी ..,

जहाँ जसरी भए पनि १२ वर्षे मेला नछुटाउनु ..!

देउराली , भञ्ज्याङ चढेर आउनु

कालीगण्डकी तर्नु , बुढी गण्डकी

किनारै भएर आउनु

तर ल्ह फेव को दर्शन नछुटाउनु ..!!

तिप्ल्याङको भिर पार गर्नु

थकाई लागे ..

रुप्सेछाराको छहारीमा आनन्द लिनु

१२ वर्षें मेला ( ल्ह फेव ) नछुटाउननु

ओडारै ओडार छन , अनगिन्ती गल्छी छन ।

अत्यास पक्कै पनि लाग्छन ,

तर तिमी एकै छिनमा उकाली पुग्छ्यौ..

निलगिरी र धौलागिरी हाँसेको देख्नेछौ

जब तिमी ओराली पुग्छौ

नदी किनारले सुस्केरा हाल्छन ,

दोहोरी खेल्छन , तिमी हराउन पुग्छौ

तर ल्ह नरिझ्योवलाई नबिर्सनु ..!!!

आशिवार्द अनगिन्ती छन उहाका मार्चे को चौरी को खुन खानु ,

तर मान्छेको हृदयको आसुँ नखानु

तर ल्ह काङ्ला शिर्पी कर्पो को

आशिर्वाद पनि लिन नभुल्नु ..!!!!

ल्ह छिरिङ्ग ग्याल्मो पनि उत्तिकै दयालु छन भन्छन

यो मौका पनि पक्कै नगुमाउनु

ठाडामा चिप्लिनु , हिउ सँग जुध्नु

तर ल्ह हेवारीन्जिन र ल्ह ल्हाङवा नोर्बुको दर्शन पक्कै गर्नु ..!!!!!

सात समुद्र पार गरनु विश्व युद्द लाई छिचोलेर आउनु ,

तर ल्ह फेवको दर्शनलाई भने नछुटाउनु ..!!

मात्र तिमीले दर्शन दिनु

किन कि वर्षै पिच्छे होइन

मात्र १२ वर्षमा आउछ , हृदयगमन गर्नु ..!

 

                     प्रस्तुती- प्रेमिला ‘विवश’ हाल: जापान

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी