माथिल्लो कर्णाली सहित राष्ट्रघाती सम्झौता खारेज गरेरै छाड्ने विप्लव बैद्यको उद्घोष

माथिल्लो कर्णाली सहित राष्ट्रघाती सम्झौता खारेज गरेरै छाड्ने विप्लव बैद्यको उद्घोष

  • शनिबार, पुस १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

पुष १६ काठमाण्डौं । नेकपा ( माअ‍ोवादी ) , क्रान्तिकारी माओवादी र नेकपा मशालका नेताहरुले माथिल्लो कर्णाली , अरुण तेस्रो लगायतका राष्ट्रघाती सम्झौता खारेज गराएरै छाड्ने उदघोष गरेका छन् ।
तीनै पार्टीले वानेश्वरको अल्फाविटा कम्लेक्समा आयोजना गरेको जलस्रोतमाथिको हस्तक्षेप र स्वाधीनता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै माओवादी महासचिव नेत्र विक्रम चन्दले भारतले काग्रेस , एमाले र माओवादीलाई मात्र नेपाल र नेपाली ठानेर ३ करोड जनताको भावना विपरीत हस्तक्षेप गरीरहेको भन्दै यसको प्रतिवाद गर्ने बताउनु भयो ।
उहाले नेपाललाई भारतले यहाका दलालहरुमार्फत फसाउने गरेको भन्दै देशलाई र जनतालाई धोका दिने दलालहरुलाई पनि नछाड्ने बताउनु भयो । ३ करोड नेपाली जनताको भावना अनुसार काम गर्न उहाले भारतलाई आग्रह गर्नु भयो । कार्यक्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले नेपालमा जलस्रोतमाथि राष्ट्रहित विपरीतका विदेशी लगानी खारेज गर्नु पर्ने बताउनु भयो । उहाले भारतीय विस्तारबाद र नेपालको दलाल सामन्ति सत्ताले नेपाली जनतामाथि चरम शोषण र लुट मच्चाईरहेको भन्दै यो सत्ता ढाल्नु पर्ने बताउनु भयो । दलाल सत्ता ढले पछि मात्रै देशमा विकास हुने बैद्यको तर्क थियो ।

यसै गरी जनमोर्चाका सचिव हेमलाल पुरीले जल , जमिन र जंगल भारतलाई बुझाएर देशघात गरेको भन्दै ठूला दलका नेताहरुको आलोचना गर्नु भयो । यस्तै जलस्रोतविद दिपक ज्ञवालीले भारतलाई नेपालको बिजुली भन्दा पनि पानी चाहिएको दावी गर्दै खानेपानी र जलस्रोतको अभाव रहेकाले भारत पानी कब्जा गर्न लागि परेको बताउनु भयो ।

कुनै पनि भारतसगँको जल सम्झौताले नेपालको हित नगरेको भन्दै उहाले स्वदेशका लागि चाहिने बिजुली उत्पादन गरीसके पछि आवस्यक पर्ने बिजुली पानी बेच्न सकिने भन्दै नेताहरुको कमजोरीका कारण देशमा समस्या परेको उल्लेख गर्नु भयो । जलस्रोत क्षेत्रका जानकारी रत्न संसार श्रेष्ठले भारतले नेपालमा हस्तक्षेप गरेको भन्दा पनि नेपाली नेताहरुले भारतलाई हस्तक्षेपका लागि निम्त्याएको बताउनु भयो । जलस्रोत क्षेत्रमा अध्ययन गरीरहेका रतन भण्डारीले भारतले सुगौली सन्धि देखि नै भारतले नेपालको जलस्रोतमा कब्जा गर्न थालेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ