मेलमिलाप दिवसमा सत्याग्रहमा सहभागी दुई सय योद्धा सम्मानित

मेलमिलाप दिवसमा सत्याग्रहमा सहभागी दुई सय योद्धा सम्मानित

  • शनिबार, पुस १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाडौँ, १६ पुस ।

नेपाली काँग्रेसले ४० औ एकता तथा मेलमिलाप दिवसका अवसरमा आज सर्वोच्च नेता गणेशमान सिंहको नेतृत्वमा २०४२ सालमा भएको सत्याग्रहमा भाग लिएका सत्याग्रहीलाई सम्मान गरेको छ ।

कांग्रेस क्षेत्र नम्बर ८ ले राजधानीमा आयोजना गरेको कार्यक्रममा काग्रेस नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकासमान सिँहले दुई सयभन्दा बढी प्रजातान्त्रिक योद्धालाई सम्मान गर्नुभयो ।

सम्मानित हुनेहरुमा सत्याग्रहमा भागलिने कार्यकर्ता तथा अग्रज नेताहरु योगप्रसाद उपाध्याय, ओमकार श्रेष्ठ,मार्सल जुलुम शाक्य,श्यामलाल श्रेष्ठ,दामोदार गौतम,नीलकाजी शाक्य,बुध्दरत्न बज्राचार्य ,गोपालदास श्रेष्ठ ,शारदामान बैद्य,गोविन्द दाहाल,राजेन्द्र मानन्धर,कृष्णा अमात्य,दमननाथ ढुङ्गाना,माथवर सिँह बस्नेत,नरोत्तम बैद्य,हरिबोल भटराई लगायत रहनुभएको थियो ।

सो अबसरमा बोल्दै काँग्रेसका अग्रज नेता एवम् पूर्वमन्त्री मार्शलजुलुम शाक्यले २०४२ सालको सत्याग्रहलगायत विभिन्न आन्दोलनमा सक्रिय रहेका नेता कार्यकर्तालाई पार्टीले वास्ता नगरेको भन्दै दुख ब्यक्त गर्नुभयो ।

काँग्रेसका अर्का अग्रज नेता श्यामलाल श्रेष्ठले नेपाली काँग्रेससँग विचार मिल्ने सँगमात्र मेलमिलाप गर्नुपर्छ भन्ने दुईदशक अघि आफूले सर्वोच्च नेतासँग राखेको तर्क अहिले सत्यसावित भएको बताउनुभयो ।

उद्योग मन्त्री नवीन्द्रराज जोशीले हिजो विपिको बिपीको मृत्युपछि उहाको चिन्तन निरन्तर अघि बढाउने चुनौति रहेकोमा आज राजनीतिक उपलब्धि संरक्षण गरेर आर्थिक क्रान्ति गर्नुपर्छ भन्ने परीक्षा आएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी