थारु पत्रकार सङ्घले गर्यो थारु पत्रकार कोष स्थापना

थारु पत्रकार सङ्घले गर्यो थारु पत्रकार कोष स्थापना

  • शनिबार, पुस १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

बर्दिया, १६ पुस ।
थारु समुदायको समग्र विकासमा योगदान पु¥याउने व्यक्ति तथा निकायलाई थप हौसल्ला प्रदान गर्ने उदेश्यले थारु पत्रकार सङ्घ बर्दियाले थारु पत्रकार अक्षयकोष स्थापना गरेको छ ।

थारु भाषा साहित्य, कला र संस्कृतिका र अधिकारका लागि कलम चलाउन प्रेरित गर्न रु ५० हजारको कोष स्थापना गरेको हो ।

कोषको स्थापना गर्दै सङ्घका सचिव भागीराम चौधरीले थारु पत्रकारको क्षमता विकास गर्न थप मद्दत पुग्ने बताउनु भयो ।

साथै थारु पत्रकारको वृद्धि विकासका लागि क्षमता अभिवृद्धि गर्न विविध प्रकारका प्राविधिक तथा प्रतिवेदन लेखनको तालिम सञ्चालन गर्दै भविष्यमा थारुको कुशल पत्रकारिताको विकासका लागि बाटो पहिल्याउन पनि जोड दिने सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष सञ्जु चौधरीको अध्यक्षतामा बसेको बैठकले, इच्छुक नागरिक, सङ्घका सदस्य, सहयोगी व्यक्ति, सरकारी तथा गैरसरकारी सङ्घ संस्था र निकायबाट कोषका लागि रकम सहयोग गर्न आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ