लहान, १६ पुस ।
प्रहरीले सिरहा नगरपालिका– ११ बाट लागू औषधसहित दुई युवकलाई आज पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले सिरहा–चोहर्वा सडक खण्डबाट २९ बोतल कोरेक्स र ९८ पिस नाइट्रोसन ट्याब्लेटसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिरहाको चन्द्रअयोध्यापुर– ७ का २७ वर्षीय शत्रुघन ठाकुर र ओखलढुङा ज्यामिरे– ५ का २९ वर्षीय लालबहादुर खड्का रहेका छन् ।
पक्राउ परेका दुबै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline