‘काव्य सप्ताह’बाट ३ लाख सङ्कलित

‘काव्य सप्ताह’बाट ३ लाख सङ्कलित

  • शनिबार, पुस १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, १६ पुस ।
‘कपन–बानेश्वर साहित्यिक साप्ताहिक’ले आयोजना गरेको ‘काव्य सप्ताह’मा करिब रु तीन लाख सङ्कलन भएके छ ।

साहित्यिक सङ्ग्रहालय स्थापनाका लागि यही पुस ९ गतेदेखि १५ गतेसम्म रामहिटी साहित्य सदनमा सप्ताह आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा ५० कविले एकल वाचनका रुपमा दर्जनौँ कविता र सय जनाले एक एक कविता वाचन गरेका थिए ।

बिहान १० बजेदेखि ४ बजेसम्म गरिएको कार्यक्रममा रामबहादुर पहाडी, वेदमणि घिमिरे, विजय चालिसे, चट्याङ् मास्टर, डा रामप्रसाद ज्ञवाली, बाजुराम पौडेललगायतले कविता वाचन गर्नुभएको थियो ।

समापन समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले साहित्यिक गतिविधिका माध्यमबाट पनि समाजसेवा गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

सांसद रामेश्वर फुयाँल र पेमा लामाले आफूहरुले स्थानीय क्षेत्रको पूर्वाधार तथा विकास निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले स्थानीय कपनमा साहित्यिक सङ्ग्रहालय स्थापना गर्नका लागि गरिएको सो कार्यक्रम अनुकरणीय रहेको विचार व्यक्त गर्नुभयो ।

कार्यक्रम आयोजक संस्थाका संयोजक निबन्ध आचार्यले सङ्कलित रकमाबाट साहित्यिक सङ्ग्रहालय निर्माणका लागि थप हौसला मिलेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी