मुलुकको विकासका लागी आर्थिक बहस हुन जरुरी : मन्त्री महत

मुलुकको विकासका लागी आर्थिक बहस हुन जरुरी : मन्त्री महत

  • शनिबार, पुस १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

चितवन, १६ पुस । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले मुलुकको विकासका लागी आर्थिक बहस हुन जरुरी रहेकोमा जोड दिनुभएको छ ।

प्रजातान्त्रिक विचार समाजद्धारा ४१ औंँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आज चितवनमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री महतले राजनीतिक भन्दा अवको समय विकासका बिषयमा बहस हुन जरुरी रहेको बताउनु भयो ।

विधिको शासनमार्फत समाज परिवर्तन आजको आवश्यकता रहेको भन्दै उहाले आर्थिक रुपमा कमजोर मुलुक भएकाले विदेशीको हस्तक्षेप भोग्नु परेको बताउनु भयो ।

विदेशीको चासो र चिन्तालाई एकैपटकमा हटाउन नसकिने भन्दै मन्त्री महतले आर्थिक विकाससँगै बिदेशीको हस्तक्षेप र प्रभाव हटेर जाने तर्क गर्नुभयो । पछिल्लो समय राष्ट्रियतालाई गलत ठाउँबाट उठान गरिएकाले राष्ट्रियतामाथि आघात पुग्न जाने उहाँको भनाइ थियो ।

यस्तै उहाले राष्ट्रियता मजवुद बनाउनका लागि बीपीको मेलमिलापको सिद्धान्त अहिलेको सन्दर्भमा महत्वपूर्ण रहेकोमा जोड दिनुभएको छ ।

मन्त्री महतले बीपीको मेलमिलाप नीतिमा सबैको विचार एक हुनुपर्छ भन्ने होइन, एउटै विधिबाट देश चल्नुपर्छ भन्ने सन्देश रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले विपीको मेलमिलाप दिवस केवल देखावटी रुपमा मात्रै मनाउँदै आइएको बताउँदै यसलाई व्यवहारमा उतार्नुपर्ने धारणा राख्नु भयो ।
बीपीको मेलमिलाप नीतिले राष्ट्रियता मजवुद बनाउने बताउँदै उहाँले अहिलेको राजनीतिक सन्दर्भमा बीपीको मेलमिलाप नीतिको आवश्यकता अझ बढीरहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ