उपत्यकाका बिभिन्न नदीबाट १६ मेट्रिक टन फोहर निकालियो

उपत्यकाका बिभिन्न नदीबाट १६ मेट्रिक टन फोहर निकालियो

  • शनिबार, पुस १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौँ, १६ पुस ।

उपत्यकाको बागमती सहितका बिभिन्न नदीको सरसफाईका क्रममा आज १६ मेट्रिक टन फोहर निकालिएको छ ।

बागमती सफाइको १९० औँ हप्तामा आज तिलगङ्गा क्षेत्रमा सफाइ गरी ६ मेट्रिक टन फोहर निकालिएको बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

आज एक समुहले नदीको सफाई र अर्को सुमुहले तिलगङ्गा क्षेत्रको आसपास रहेका घरहरुमा छिरेर जनचेतनामूलक अभियान सञ्चालन गरेको थियो ।

आजदेखि बागमती सफाइ महाअभियान शङ्खमूल– गुह्येश्वरी खण्डमा केन्द्रित भएको छ । यो खण्डमा बागमती सफाइको २०० औँ हप्तासम्म स्नानयोग्य बनाउन अभियान केन्द्रित गरिएको सफाइ महाअभियानले जनाएको छ ।

रुद्रमती सफाइको १४९ औँ हप्तामा आज रातोपुल– सिफल हुँदै भण्डारेश्वर महादेव मन्दिर र कालोपुलसम्म सफा गरि तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको जनाईएको छ ।

आजै महानगरपालिका– ७ नं वडा नागरिक मञ्चले कालोपुलदेखि मित्रपार्कसम्मको सडकलाई फोहरमुक्त घोषणा गरेको संयोजक रमेश महर्जनले जानकारी दिनुभयो । आगामी हप्ता रुद्रमती सफाइ सुरु भएको १५० औँ हप्ताका अवसरमा बूढानीलकण्ठदेखि बुद्धनगरसम्मको नदी क्षेत्रमा सफा गरिने समाजले जनाएको छ ।

विष्णुमती सफाइको १२३ औँ हप्तामा आज तारकेश्वर नगरपालिका– १६ स्थित विष्णुमती र महादेवखोलाको दोभान क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहर निकालिएको छ ।

यस्तै गुह्येश्वरीमाथिको बागमती सफाइको १५१ औँ हप्तामा आज सर्वेश्वर विश्रामस्थल आसपासको बागमती क्षेत्रमा सफाइ गरि एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ