झापा , १६ पुस ।
काँकडभिट्टा गोल्डकप फुटबल प्रतियोगीताको दोश्रो संस्करण झापामा आजदेखि सुरु हुँदैछ ।
काँकडभिट्टा उच्च माविको मैदानमा हुने उद्घाटन खेलमा झापा–११ र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
अपरान्ह ३ बजेपछि झापा र हिमालयन दुबै टोली विजयी सुरुवात गर्ने उद्धेश्य सहित मैदान उत्रनेछन् ।
८ टोली सहभागी प्रतियोगितामा विभागिय टोली नेपाल पुलिस र एपीएफले पनि सहभागीता जनाउनेछन् । हिजो सकिएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष फुटवल तर्फको उपाधि जितेकोले एपीएफ उच्च मनोबलका साथ मैदान उत्रने छ ।
भुटान र भारतीय फुटबल टोलीले पनि प्रतियोगीतामा सहभागीता जनाउने छन् । काँकडभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरले आयोजना गरेको प्रतियोगीताको यो दोश्रो संस्करण हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline