शितलहरसँगै चिसो बढेपछि महोत्तरीका विद्यालयहरु एक साताका लागि बन्द

शितलहरसँगै चिसो बढेपछि महोत्तरीका विद्यालयहरु एक साताका लागि बन्द

  • शनिबार, पुस १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौ १६ पौष ।  

तराईका जिल्लाहरुमा शितलहरसँगै चिसो बढेपछि महोत्तरीका सामुदायिक विद्यालयहरु एक साताका लागि बन्द गरिएको छ ।

बाक्लो हुस्सुसँगै चलेको शितलहरले बालबालिकामा समस्या देख्न थालेपछि एक साताका लागि जिल्लाको सबै विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ ।

पछिल्लो एक सातादेखि तराई क्षेत्रमा बिहानैदेखि बाक्लो कुहिरो लागेर पठन पाठनमा समस्या भएको छ भने चिसोका कारण बालबालिका बिरामी पर्न थालेको छ ।

चिसोका कारण बालबालिकालाई विद्यालय आउन जान समेत समस्या भएपछि एक साताका लागि बिदा दिने निर्णय भएको जिल्ला शिक्षा अधिकारी ठुलोबाबु दहालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ