काठमाण्डौ ,१६ पुस ।
राष्ट्रियताको पक्षमा संयुक्त कार्यक्रमको घोषणा गरेका तीन कम्युनिष्ट पार्टीहरुले आज राजधानीमा अन्तरक्रिया कार्यक्रम गर्न लागेका छन् ।
विप्लव नेतृत्वको नेकपा माओवादी ,वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालले राष्ट्रियतामाथि भारतीय हस्तक्षेपको बिरुद्ध अन्तरक्रिया कार्यक्रम गर्न लागेका हुन् ।
यसअघि घोषित कार्यक्रम अनुसार आज बुद्धनगरको अल्फा बिटा कम्प्लेक्समा मध्यान्ह १२ बजे जलश्रोतमाथिको हस्तक्षेप र राष्ट्रिय स्वाधिनताका बिषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको नेकपा माओवादीले जनाएको छ ।
कार्यक्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य , माओवादी महासचिव विप्लव , राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी , जलश्रोतविद् दिपक ज्ञवाली र रतन भण्डारी लगायतको सहभागीता रहने जनाईएको छ ।