एमालेले आजदेखि ७ दिन छलफल तथा अन्तरक्रिया गर्ने

एमालेले आजदेखि ७ दिन छलफल तथा अन्तरक्रिया गर्ने

  • शनिबार, पुस १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, पुस १६ ।

मुलुकमा विद्यमान समस्याको निकासका लागि भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज बिभिन्न राजनितिक दल तथा नागरिक समाजका अगुवासँग छलफल र अन्तरक्रिया कार्याक्रम गर्दै छ ।

निर्वाचनमा जानुपर्ने समयमा सरकारले संबिधान संसोधन प्रस्ताव ल्याई मुलुकलाई अन्योलतातर्फ लगेकाले त्यसबारे जनतालाई सुसुचित गराउन आजदेखि आगामि बिहिवारसम्म सो कार्यक्रम गर्न लागिएको एमाले सचिव भीम आचार्यले जानकारी दिनुभयो ।

सरकारले निर्वाचन नगराउने नियतका साग संसोधन प्रस्ताव ल्याएको भन्दै उहाले त्यसबारे जनतामा रहेको भ्रम चिर्न एक साता लामो अभियान नै सन्चाल गर्न लागिएको बताउनु भयो ।

आजदेखि बिभिन्न राजनितिक दलका नेता तथा नागरिक समाजका अगुवासँग बिभिन्न समयमा छलफल र अन्तरक्रिया गरी सोबारे जनतालाई जानकारी गराउने उहाले बताउनु भयो ।

एमाले सहितका ९ विपक्षी दलले यहि पुस २२ गते संबिधान संसोधनको बिरोधमा सभाको आयोजना गरेका छन् । त्यसकै तयारी स्वरुप आजबाट छलफल सुरु गर्न लागिएको नेताहरुको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ