काठमाडौ १६ पौष ।
आज ४१ औं मेलमिलाप दिवस, विपी कोइराला सहितका नेपाली कांग्रेसका संस्थापक नेताहरु आठबर्षको भारत प्रवास जीवनपछि मेलमिलापको नीति लिएर स्वदेश फर्किएको आज ४० बर्ष पूरा भएको छ ।
२०३३ पौष १६ गते आजकै दिन कांग्रेस नेताहरु विपी कोइराला, गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेता राष्ट्रिय एकता र मेलमिलापको नारा लिएर नेपाल फर्किनुभएको थियो ।
त्यहि दिनको सम्झनामा हरेक वर्ष पौष १६ गतेलाई मेलमिलाप दिवसका रुपमा मनाउन थालिएको हो । दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भातृसंगठनहरुले आज विविध कार्यक्रमको आयोजना गरेका छन् ।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेपछि कोइराला सहितका नेतालाई ७ बर्ष जेल चलान गरिएको थियो ।
त्यसपछि २०२५ सालमा विपी सहितका कांग्रेस नेता भारत प्रवासमा जानुभएको थियो । अहिलेपनि विपीको मेलमिलापको निति उत्तिकै सान्दार्भिक देखिएको सरकोकारवालाको भनाई छ ।
दलहरुबिच राजनीतिक गतिरोध बढ्दै गइरहेका बेला विदेशी शक्तिहरु सक्रिया बनिरहेको समयमा विपीको मेलमिलापको निति अहिले पनि उत्तिकै सान्दार्भिक रहेको विश्लेषकहरु बताउछन् ।