इङ्लिस प्रिमियर लिगमा हल सिटी र इभर्टन बराबरीमा रोकिए

इङ्लिस प्रिमियर लिगमा हल सिटी र इभर्टन बराबरीमा रोकिए

  • शनिबार, पुस १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौ १६ पौष ।  

इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति सन्पन्न खेलमा हल सिटी र इभर्टन २–२ को बराबरीमा रोकिएको छ । खेल सुरु भएको छैठौं मिनेटमै कपतान मिचेल डसनको गोलबाट सिटीले अग्रता लिएको थियो ।

प्रिमियर लिगको यो सिजनमा डसनको यो तेस्रो गोल हो । पहिलो हाफको अतिरिक्त समयमा सेमस कोलम्यानले गरेको हेडलाई सिटीका गोल रक्षक डेभिड मार्शलले पन्च गरेका थिए ।

गोल रक्षक मार्शलले गरेको पन्चलाई केभिन मिराल्सले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यस्तै दोस्रो हाफको ६५ औं रोवर्ट स्नोडग्रसले गाले गर्दै पुन सिटीलाई अग्रता दिलाए ।

खेल सकिन ६ मिनेट बाँकी छँदा इर्भटनका रोस बाकर््लीले गोल गर्दै खेल बराबरीमा ल्याए । खेल बराबरी भएसँग इभर्टनको २७ अंक छ भने सिटीमो १३ अंक छ ।

४६ अंक जोडेको चेल्सी अंक तालिकाको शिर्ष स्थानमा भने ४० अंक रहेको लिभरपुल दोस्रो र ३९ अंक सहित म्यानचेष्टर युनाइटेड तेस्रो स्थानमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी