पुष १५ काठमाण्डौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव सोमबार संसदमा पेस गरेर निर्वाचनको मिति तोक्ने मधेशी मोर्चालाई आस्वस्त पार्नु भएको छ । सिंहदरबारमा आज अपराह्न मधेसी मोर्चाका नेतासँगको भेटमा सभापति देउवाले संशोधन प्रस्ताव पारित गराएर मात्रै चुनावको मिति घोषणा हुने बताउनु भयो ।
भेटमा देउवाले सोमवार संसदमा प्रस्ताव पेस हुने र पारित गराएरै छोड्ने दाबी गर्दै, संशोधन कसरी पारित गराउनुपर्छ भन्ने मलाई थाहा छ । हेर्दै जानुस् , ओलीजीले पनि मतदान गर्नुहुन्छ । मसँग एउटा सूत्र छ । उहाले संशोधनविरुद्ध संसद् अवरोध गर्दै आएको एमाले कसरी मतदान प्रक्रियामा आउँछ भन्नेबारे चाहिँ केही नखुलाएको तमलोपा अध्यक्ष महन्थ ठाकुरलले बताउनु भयो ।
देउवाले अहिले सत्ता गठबन्धन पनि नटुट्ने, मोर्चा्सितको सहकार्य निरन्तर जारी रहने प्रतिबद्धता पनि दोर्होयाउनु भयो । नेताहरू प्रकाशमान सिंह र गोपालमान श्रेष्ठसहित मोर्चा नेतालाई भेटेका देउवाले ‘पासै हुँदैन भनेको महाकाली सन्धि त पारित गराएँ भने यो संशोधन प्रस्ताव त के हो र’ भनेको स्रोतले बतायो ।
तमलोपा अध्यक्ष ठाकुरले सत्ता विपक्षी जे भए पनि तीन ठूला दल सत्ताको भागबन्डामा अल्झेको, चुनावका अघिल्तिर मधेसी जनताका माग बेवास्ता गरेको आरोप लगाएका थिए । उनले सत्ता घटक एक्लै अघि बढ्न खोजेको हो भने सरकारलाई दिँदै आएको समर्थनबारे पुनर्विचार गर्न सक्ने चेतावनी पनि दिएका थिए । भेटमा सहभागी सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार देउवाले स्थानीय निकायको निर्वाचन घोषणा गर्न दिन मोर्चासँग आग्रह गरेका थिए ।