सातौं राष्ट्रिय खेलकुद सकियो , आठौं मध्यपश्चिमाञ्चलमा

सातौं राष्ट्रिय खेलकुद सकियो , आठौं मध्यपश्चिमाञ्चलमा

  • शुक्रबार, पुस १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, पुस १५ । गत शुक्रवारदेखि पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सम्पन्न भएको छ ।

विराटनगरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको सातौं राष्ट्रिय खेलकुदको धरानमा उपराष्ट्रपति नन्दबहादुर पुनले समापन गरेसँगै सकिएको हो ।युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाली र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब केशब कुमार बिष्टले खेलकुद विकास समिति मध्यपश्चिमका अध्यक्ष भिमप्रसाद ओलीलाई झण्डा हस्तान्तरण गरेर प्रतियोगिता समापन भएको घोषणा गरियो ।

पदक तालिकामा त्रिभुवन आर्मी क्लब शीर्ष स्थानमा रहँदा सशस्त्र प्रहरी दोस्रो तथा नेपाल पुलिस क्लब तेस्रो भएको छ ।

२ ÷२ वर्षमा हुने राष्ट्रिय खेलकुदको आठौं संस्करण मध्यपश्चिमाञ्चलमा हुने भएको छ ।

मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चलबीच दाबेदारी भएपनि मध्यपश्चिमाञ्चल खेृल हुने निर्णय भएके हो ।सातौं राष्ट्रिय खेलकुद समापनका अवसरमा आठौं राष्ट्रिय खेलकुदको आयोजना मध्यपश्चिमको नेपालगञ्जमा हुने घोषणा गरेको हो ।

२०३८ सालदेखि सुरु भएको राष्ट्रिय खेलकुद योपटक पाँच वर्षपछि भएको हो ।
छैटौं संस्करण २०६८ सालमा सुदूरपश्चिमाञ्चलमा भएको थियो ।नवौं राष्ट्रिय खेलकुद भने पश्चिमाञ्चलको कास्कीमा हुने घोषणा भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी