क्रिकेटमा सशस्त्रले जित्यो स्वर्ण, प्रतियोगितामा कप्तान पारसको सर्वा्धिक रन

क्रिकेटमा सशस्त्रले जित्यो स्वर्ण, प्रतियोगितामा कप्तान पारसको सर्वा्धिक रन

  • शुक्रबार, पुस १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, पुस १५ । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत् पुरुष क्रिकेटको उपाधि सशस्त्र प्रहरीले जितेको छ ।शुक्रबार विराटनगरमा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४९ रनले पराजित गर्दै सशस्त्रले स्वर्णपदक जितेको हो ।पहिले ब्याटिङ गरेको सशस्त्रले निर्धा्रित् २० ओभरमा ९ विकेटको क्षतिमा १२१ रन बनायो ।

सशस्त्रका कप्तान पारस खड्काले ३८ बलमा सर्वा्धिक ३३ रन बनाएको इनिङमा भुवन कार्कीले १२ बलमा अविजित रहँदै २४ रन जोडे ।

आर्मीका सोमपाल कामी, विक्रम सोब र चन्द्र साउदले समान २र२ विकेट लिए ।जवाफमा आर्मीले १७ ओभर ४ बलमा अलआउट हुँदै ७२ रनमात्र जोड्न सक्यो ।नरेश बुढाऐरलेमात्र दोहोरो अंक जोड्नेक्रममा १७ रन बनाएको इनिङमा सशस्त्रका भुवन कार्कीले ११ रन खर्चेर ४ विकेट लिए ।

प्रतियोगितामा नेपाल पुलिस क्लबले कास्यपदक जितेको छ । शुक्रबारै तेस्रो स्थानका लागि भएको खेलमा पुलिसले मध्यमाञ्चललाई ३३ रनले पराजित र्गयो ।प्रतियोगिताभर सशस्त्रका कप्तान पारस खड्काले सर्वा्धिक १८४ रन जोडे भने पुलिसका ललित भण्डारीले सर्वा्धिक १२ विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी