आर्मीलाई हराउँदै पुरुष फुटबलको स्वर्ण सशस्त्रले जित्यो

आर्मीलाई हराउँदै पुरुष फुटबलको स्वर्ण सशस्त्रले जित्यो

  • शुक्रबार, पुस १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, पुस १५ । पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत्को पुरुष फुटबलको उपाधि सशस्त्र प्रहरीले जितेको छ ।
शुक्रबार धरान रंगशालामा भएको पुरुष फुटबलको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै सशस्त्र प्रहरीले बाजी मारेको हो ।

पहिलोपटक राष्ट्रिय प्रतियोगितामा पहिलो भएको सशस्त्रले फाइनलमा आर्मीलाई २–० ले हरायो । सशस्त्रका लागि दुबै गोल अन्जन विष्टले गरे । दुबै गोल मध्यान्तरअघि नै भएका थिए ।

उपाधिसँगै सशस्त्रले स्वर्णपदक तथा उपविजेता आर्मीले रजत जित्दा नेपाल पुलिस क्लबले तेस्रो हुँदै कास्यपदक जितेको छ ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी