संबिधान संसोधन प्रस्तावबारे एमालेले भोलीदेखि बिहिवारसम्म छलफल तथा अन्तरक्रिया गर्ने

संबिधान संसोधन प्रस्तावबारे एमालेले भोलीदेखि बिहिवारसम्म छलफल तथा अन्तरक्रिया गर्ने

  • शुक्रबार, पुस १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, पुस १५ ।

मुलुकमा विद्यमान समस्याको निकासका लागि नेकपा एमालेले भोलीदेखि विभिन्न नेता तथा नागरिक समाजका प्रतिनिधिसँग छलफल गर्ने भएको छ ।

यहि पुस २२ गते संबिधान संसोधनको बिरोधमा सभाको आयोजना गरेको एमालेले भोलीदेखि काठमाडौं उपत्यकामा बिहीबारसम्म छलफल तथा अन्तक्र्रिया गर्ने तयारी गरेको हो ।

एमालेका सचिव योगेश भट्टराईले संविधान संशोधनको प्रस्ताव मुलुकको हितमा नरहेकाले यसबारे जनतालाई सुसूचित गर्नका लागी एमालेले अन्तरक्रिया तथा सभा गर्न लागेको बताउनु भयो ।

राजधानीमा आज आयोजित कार्यक्रममा बोल्दै उहाले भौगोलिक विविधताका बाबजुद् पनि मिलेर बसेका नेपाली समाजलाई विखन्डनतर्फ लैजाने उद्देश्यले ल्याइएको प्रस्ताव एमालेले कुनै हालतमा स्वीकार नगर्ने बताउनु भयो ।
प्रस्तावका विरुद्ध नेकपा एमालेको नेतृत्वमा विभिन्न ९ दलले यही पुस २२ गते सभा गर्न लागेको जानकारी गराउदै उहाले त्यसमा सबैलाई सहभागीता जनाउन पनि आग्रह गर्नुभयो ।

पार्टी प्रचार विभागका उपप्रमुख सूर्य थापाले ९ दलले देश र जनताको स्वतन्त्रता र स्वाभिमानको पक्षमा लडाइँ सुरु गरेकाले त्यस्तो अभियानलाई प्रेसले निष्पक्षरुपमा साथ दिनुपर्नेमा जोड दिनुभयो ।

यस्तै एमाले नेता विष्णु रिजालले ९ दलले संयुक्तरुपमा गर्न लागेको सभा तथा आन्दोलनले मुलुकलाई विखन्डन गर्न चाहने स्वदेशी तथा विदेशी तत्वलाई ठूलो शिक्षा हुने विचार व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ