मेरो मायामा मल्लिकासँग सन्तोषको रोमान्स (भिडियो सहित)

मेरो मायामा मल्लिकासँग सन्तोषको रोमान्स (भिडियो सहित)

  • शुक्रबार, पुस १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं । लामो समयको अन्तराल पछि सांगीतिक क्षेत्रमा फेरि उदाएको नक्षत्र ७३ ब्याण्डको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । मेरो माया बोलको सो गीतमा कलाकार सन्तोष तामाङको साथमा मोडल मल्लिका चौंलागाँई देखा परेकीछिन् । नेपाली सांगीतिक क्षेत्रमा मौलिक पप फ्लेबरका गीतहरु पछिल्लो समय सिर्जना हुन छाडेको चर्चा भैरहेको समयमा गायक राईको   मेरो माया बोलको गीत श्रोता तथा दर्शक माझ आएको  हो । गीतको शब्द तथा संगीत संयोजन समेत गायक राईले नै गरेका छन् ।

रोहन नेपालीद्धारा निर्देशित भिडियोलाई  मिलन शंकरले छायाङ्कन गरेका हुन् । भिडियोको सम्पादन अनुप पौडेलले गरेका हुन् ।

नक्षत्र ७३ मा अहिले भोकलिष्ट गोविन्द राईका अतिरिक्त प्रितम लामा स्याङ्बो, निसान्त बस्नेत र राजेन्द्र महर्जन ब्याण्ड मेम्बरका रुपमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी