श्रीलंकालाई १ -० ले हराउदै नेपाल विजयी

श्रीलंकालाई १ -० ले हराउदै नेपाल विजयी

  • शुक्रबार, पुस १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ ,१५ पुस ।

नेपाल समुह विजेता बन्दै चौथो साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा आज भएको खेलमा श्रीलंकालाई १ -० ले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो।

खेलको ८८ औं मिनेट सपना लामाले गरेको गोल नै निार्णयक बन्यो ।
भुटान र माल्दिभ्ससँगको खेलमा फराकिलो जित निकालेको नेपाललाई आज श्रीलङकाले निक्कै दबाबमा राखेको थियो ।

निक्कै आक्रामक खेलेको श्रीलंकाले जित भने निकाल्न सकेन । उसको डिफेन्सीभ पक्ष बलियो थियो ।

नेपालकी स्ट्राइकर सावित्रा भण्डारी र अनिता बस्नेतले पाएका केही राम्रा अवसर गुमाएका थिए ।

नेपाल आजको खेलबाट समूह ‘ए’ को विजेता बन्दै अघिल्लो चरण प्रवेश गरेको छ । नेपाल ९ अंकसहित समुह ए को शिर्ष स्थानमा छ ।

यसअघि भएको पहिलो खेलमा नेपालले भुटानलाई ८–० गोल अन्तरले पराजित गरेको थियो भने माल्दिभ्सविरुद्धको दोस्रो खेलमा नेपालले ९–० को जित हासिल गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी