सडक निर्माणमा बहानाबाजी चल्दै : मन्त्री लेखक

सडक निर्माणमा बहानाबाजी चल्दै : मन्त्री लेखक

  • शुक्रबार, पुस १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौं, पुस १५ ।
भौतिक पूर्वाधार एवं यातायातमन्त्री रमेश लेखकले कुनैपनि बहानामा सडक निर्माण कार्य नरोक्न मातहत निकायलाई निर्देशन दिनुभएको छ ।

सडक बोर्ड नेपालको १४औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री लेखकले आर्थिक अभावका नाममा सडक निर्माण र मर्मतको काम नरोक्न निर्देशन दिनुभएको हो ।

निर्माण क्षेत्रमा भइरहेको लापरवाहीको सरकार मूकदर्शक भएर नबस्ने भन्दै उहाले गुणस्तरहीन सडक निर्माण गर्ने निर्माण कम्पनीहरुलाई कानुन अनुसार कार्वाहि गरिने बताउनु भयो ।

गरीबी निवारणको मूख्य आधारनै सडक सञ्जालको विस्तार भएकाले समयमै तदारुकताका साथ निर्माण कार्यमा जुट्न सरोकारवालाहरुलाई निर्देशन पनि दिनुभयो ।

यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले सीमित बजेट र कुनैपनि मापदण्ड बिनाको सडकका कारण दुर्घटना र यातायात खर्च बढ्दै गइरहेको बताउनु भयो ।

उहाले विकासको ढोका खोल्ने सडक निर्माणलाई जतिसक्दो छिटो सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागी विज्ञहरुले सडक सञ्जालको दृष्टिले नेपाल सबैभन्दा गरीब स्थानमा रहेको बताउदै गरीबी निवारण र विकासको पहिलो आधार मानिने सडक सञ्जालको विस्तार गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ