पुस १५, सल्यान ।
सल्यानमा वादी संग्राहलय निर्माणका लागि वादी समुदाय उत्थान विकास समितिले पहल गरिरहेको जनाएको छ ।
वादी समुदायका लागि शसक्तिकरण, सीप विकास तथा सचेतना अभिवृद्धि ३ दिने तालिमको उद्घाटनमा समितिका कार्यकारी निर्देशक महेश नेपालले जानकारी दिएका छन । नेपाल भरीका वादीको पुर्खा सल्यानमा भएकाले वादीको उत्थान र पहिचानका लागि पनि संग्राहलय निर्माण गर्नुपर्ने उनले बताएका छन ।
समितिका उपाध्यक्ष रामे वादीको अध्यक्षतामा भएको कार्यक्रममा सल्यानका प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काग्रेशका जिल्ला सदस्य प्रकाश भण्डारीले पार्टी भन्दा माथी उठेर काम गर्नुपर्ने बताएका थिए । वादी समुदायको मुक्तिका लागि लाग्नुपर्ने हुन्छ ।
जन्मका आधारमा जात छुटाएर अपहेलना गर्नु हुदैन । त्यस्तै कार्यक्रमलाई नेकपा एमालेका जिल्ला सदस्य ईश्वरी बुढाथोकीले सम्बोधन गर्दै वादी समुदायको मुक्तिका लागि समाज आफै लाग्नुपर्ने बताएका थिए ।
त्यस्तै राप्रपाका जिल्ला अध्यक्ष मनोज सिंहले वादी समुदायको संग्राहलय बनाउने कुरा जिल्लाका लागि सकारात्मक भएको बताएका छन । कार्यक्रममा जिल्ला विकास समितिका कार्यक्रम अधिकृत सुरेश अधिकारले संविधानमा सबैका अधिकार समेटीएको बताएका छन ।
कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुख विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिको सहभागिता रहेको थियो । तालिम पुस १७ सम्म चल्नेछ ।
