धर्मनिरपेक्ष देशमा गाईको राजनीति !

धर्मनिरपेक्ष देशमा गाईको राजनीति !

  • शुक्रबार, पुस १५, २०७३
  • - अनिस तामाङ

  • 18K
    SHARES

राज्य सबै जाति, समुदाय, वर्गले मान्ने धर्म संस्कृति प्रति तटस्थ रहानु नै धर्मनिरपेक्ष हो । राज्यको कुनै खास धर्म नहुनु भनेकै धर्मनिरपेक्ष भन्ने बुझिन्छ । धर्मनिरपेक्षको नाममा जबर्जस्ती धर्म परिवर्तन गर्नु गराउनु गलत हो । साथै यो हाम्रो पुरातन धर्म हो यसलाई सबैले मान्नै पर्छ भन्नु नि गलत हो । कसैको विवेकले जुन धर्म संस्कृति मान्ने हुन त्यसमा कसैको रोकटोक हुनु हुदैन । अर्को कुरा कसैले धर्म परिवर्तन गरेर कुरान र बाइबलको ठेली पढेर आफ्नो पुर्खाले मान्दै आएको धर्म संस्कृतिको बारे नानाथरी स्याल हुइया गर्छ भने त्यो अपराध हो । धर्म आफैमा कुनै पनि गलत छैनन । कुनै धर्मले गलत गर्नु भनेर सिकाएको छैन तर धर्म मान्ने खराब अनुयायीहरु छन जसले धर्मको नाममा सम्प्रदायिक दंगा फैलाउन खोज्दैछन। यो धर्म ठिक यो धर्म बेठिक भनेर नानाथरी तर्कना गर्न आवश्यक छैन ।

गाई नेपालको राष्ट्रिय जनवार हो हिन्दुहरुको धर्मिक आस्था पनि । अर्को तिर गाई केही जनजातिहरुको आहारा पनि हो । अब गाईको कारणले दुई समुदाय विच द्वन्द बढ्ने खतरा देखियो । आफ्नो धर्मको आस्थालाई मारेर खाँदा हिन्दु धर्मावलम्बीहरुको चित्त दुख्नु स्वाभाविक हो भने आफ्नो पुर्खाको इतिहास जोडेको परपुर्वाकाल देखि नै खाँदै आएको गाईको मासु खाँदा राज्यले दमन गर्दा जनजाति भड्किनु, रिसाउनु पनि स्वाभाविक नै हो । अब भने यसको विकल्पको खोज्नै पर्छ । जहाँ समस्या हुन्छ त्यहाँ समाधानका उपायहरू पनि हुन्छ । ती उपायहरुलाई मात्रै पहिचान गर्न सक्नु पर्यो ।

धर्मनिरपेक्ष राज्यमा गाई काट्नेलाई जेल पठाउनु धर्मनिरपेक्ष राज्यको खिल्ली उडाउनु बाहेक अरु केहि पनि हैन । यदि गाईको कारणले अझै नि जेल जानु पर्छ भने आजको गणतान्त्रिक राज्यव्यवस्था र हिजोको हिन्दूबादी निरंकुश राजतन्त्रमा फरक छैन । मात्रै लगाइएको टोपी परिवर्तन भयो लगाएको टाउको उस्तै देखियो । यसैले गाईको विषयमा राज्य मौन बस्दा उचित देखिन्छ । गाई राष्ट्रिय जनवार हो सबैलाई थाहा छ तर जनजातिहरुले काटेर खान्छ भनेर थाहा हुँदाहुँदै किन राष्ट्रिय जनवार बनाईयो त ? गाईको मासु त जनजातिहरुले पहिला निरंकुश शासनको पालामा पनि खाएकै हो । मात्रै हिजो मरेको सिनो खानथ्यो आज मारेर खान्छ । सिनो खानेले मारेर खान्छ भन्ने त थाहा हुनु पर्ने हो नि हैन ? हिजो गाईको मासु खाने बानी पारिदिने पनि त उहि हाम्रो हिन्दूधर्म मान्ने ब्राह्मण दाजुभाइ नै थिए । बाहुनको घरमा गाई मर्दा तामाङ बोलाएर किन खाना लगाइयो ? गलत परम्परा त उहाँबाट नै सुरुवात गरेको हो नि । मासु स्वाद चखाएको नि उहाँहरु नै हो । फेरी आज मासु खायो भनेर विरोध गर्ने पनि उहाँहरु नै हो । यो त पिपलपाते प्रवृत्ति देखिए न र ? कि त हिजो जनजातिलाई मरेको खुवाएर सिनो खाने भोटे भनेर गाली दिने निरंकुशता लाद्ने हिसाबले खुवाएको हुनु पर्यो नत्र हिजो आफैले खुवाएर आज खायो भनेर विरोध गर्नु त ठिक हैन । फरक यति नै हो कि हिजो मरेको खान्थ्यो आज मारेर खान्छ । मरेको कुहिएको त खायो भने ताजाताजा काटेर खानुलाई कुनै नौलो कुरा हैन खानेहरुको लागि ।

तसर्थ जनजातिहरुले खान पाउनु उनिहरुको मौलिक अधिकार हो भने खुलेआम हिन्दुहरुको अगाडि, मन्दिर अगाडि मार हान्नु पनि गलत हो । कहिलेकाही आफ्नो अधिकारको सदुपयोग गर्दा अरुको आस्था माथि चोट पुर्याउनु बिल्कुलै गलत हो । हो खान पाउनु पर्छ, तर हिन्दु धर्मावलम्बीहरु कै अगाडि काटेर बलवान देखाउनु पनि उचित हुदैन ।

खाने मुखलाई जुंगाले त पक्कै छेक्दैन । सटकसुटुक भित्रभित्रै खाँदा बाहुनले हिजो पञ्चायत कालमा जस्तो करेसाबारीमा गएर चियो चासो पनि गर्दैनन होला । कसैले गाईको मासु खान्छ भनेर थाहा पाए उसको जातले पहिलै देखि खाएको हुन आज खाँदा के भयो र भनेर चित्ता बुझाउनै पर्छ । त्यसो त गाई खाने देशमा नेपाल मात्रै पहिलो देश हैन । भारत जस्तो हिन्दुको बहुलियता भएको देशमा समेत गाईको मासु खान रोक छैन । खाडी मुलुकहरुमा त मुख्य मासु नै गाईको मासु हो । के खाडीका लाखौं हिन्दु साथीहरूले गाईको मासु खाँदैनन होला त ? बाहिर देशमा खाँदा हुने आफ्नो देशमा चाँही गाईको मासु खायो भनेर विरोध गर्न सुहाउछ ?

लगभग ८०% किराँतीहरुले खसी/ बाख्रा खाँनु हुदैन भन्ने चलन छ, त्यस्तै तामाङ जातिको कुलदेवतालाई सुंगुरको मासु चल्दैन। सुंगुरको मासु खाना हुदैन, खाए पनि तितेपातीले चोख्याएर मात्रै घर भित्र जाने चलन छ नत्र घर अपवित्रा हुन्छ भन्ने परम्परा छन।। लिम्बुको मादेन,खेवाले कुखुरा खाँदैन,आङ्बोहाङ ले बंगुर खाँदैन,नेम्बाङ्ले बाख्रा,तुम्बाहाम्फेले राँगा खाँदैन! खोज्दै जाने हो भने हरेक जातिको धर्म संस्कृति परम्परा अनुसार एक न एक जनवारको मासुलाई निषेध गरेका छन। । के अब हिन्दु अतिबादी साथीहरूले जस्तै हामीले नि खसि, सुंगुर, कुखुरा काट्यो भनेर विरोध गर्दैन जाँदा उचित होला त?? खाडी  मुलुकहरुमा राष्ट्रिय जनवार ऊँट हो। तर त्यहाँको अरबीहरुले सबै भन्द धेरै खाने त्यो ऊँट कै हो। भारत हिन्दुहरुको बहुलियता भएको देश त्यहाँ पनि सबै भन्द धेरै गाईको मासु आयत हुने देश हो तर हाम्रो देशमा चहि वर्षौ देखि खाँदै आएको चिजलाई गणतन्त्र मुलुकको माटो माथि टेकेर अतिबाद प्रदर्शन गर्छन।  यस प्रकारको विवेदले धर्म निरपेक्ष देश नेपाल त फेरि द्वन्दमा फस्ने खतरा देखियो ।।त्यसैले आफ्नो जाति अनुसार पुजा गर्ने पुजा गरुन खाने खाउन। यसमा कसैले औला उठाउने अधिकार छैन्  ।

धर्म निरपेक्ष देशमा गाईको राजनीतिले हिजोकै सामान्ति युगको झझल्को दिइरहेका छन। सुदुरपञ्चिम तिरा आजभोली गाई मारेको विरोधमा हिन्दुबादी युवा संगठनले त नेपाल  बन्द नै गरिरहेका छन। यस किसिमको गतिविधिले भोलीको नेपालको भविष्य के? वर्गविभाजित समाजका नाइकेहरुले छुट्याइएको  जातलाई नै आधार मानेर मेरो ठुलो जात, उ सानो जात, मेरो धर्म ठुलो उसको धर्म सानो, मेरो जात, भाषा,धर्म, संस्कृतिलाई उसले मान्नै पर्छ नभए उ राष्ट्रघाती हो भनेर सोच्ने हो भने हिजो परिवर्तनको उत्पिडित पिछडिएको  समुदायले गरेको तेत्रो ठुलो त्याग तपष्य बलिदानलाई के भन्ने ?? कि फेरि देश द्वन्दमा जाउन , हिजो जस्तै मर्ने र मार्ने खेलको सुरुवात होस चहान्छ हामी ?? ढाका टोपी र दौरासुरुवाल लगाउने बित्तिकै राष्ट्रबादी नेपाली अनि धोती लगाउने, कालो अनुहार भएका , बोल्दा तामाङ, मगर,गुरुङ थारु लवाज निस्किने मान्छेहरु चहि विखण्डनकारी गाई काटेर खाने राष्ट्रघाती भनेर व्याख्या गर्नु कति सम्म न्यायसंगत होला अब सबैले विचार गर्नु पर्ने बेला भएको छ ।

हिजो एक जमाना थियो एक जात एक धर्मलाई मान्नै पर्ने राजा महाराजको युग तर १० वर्ष जनयुद्ध , १९ दिने जनआन्दोलन, जनजाति/मदेेश सानो/ठुलो आन्दोलनहरुको कारणले जनताको चेतनाको स्थर धेरै परिवर्तन भइसकेको छ , कोही भन्द कोही कमजोर छैन, देश धर्म निरपेक्ष सहितको  गणतन्त्रत्मक मुलुक भइसक्यो। किसानको छोरा राष्ट्रपती, प्रधानमन्त्री, सभामुख,मन्त्री भइसकेका छन। तर यति खेरा आएर कसैले जातिय अहंकार प्रदर्शन गर्छन भने यो मुलुकको लागि दुर्भाग्यपूर्ण हुने छ। यो देश नेपाल विभिन्न  जातजाती भाषाभाषी, धर्म,संस्कृतिहरु भएको देश हो। कसैलाई नाक र अनुहारको रंग हेरेर विभेद गर्न पाउदैन । कसको जातिले के खाने के लगाउने के बोल्ने उसको मौलिक अधिकार भित्र पर्दछन। तामाङ लगाएतका जाति समुदायमा त गाईको मासु खाने त हिजो कै परम्परा हो । हिजो समान्ति युगमा नडराइ गाइको मासु खाने जनजातिहरुलाई आज धर्म निरपेक्ष राज्य भइसके पछि चहि गाई काटेको विरोधमा जेल हाल्नु, नेपाल बन्द गर्नु सरासर प्रतिक्रियावादीहरुले टाउको उठाएको संकेत हो हामी यसमा सचेत हुनै।।

मरुभूमिमा अरबिहरुले बालुवामा धान फलाइसक्यो हामी यो जात र त्यो जात भनेर विभेदात्मक समाज भित्र कहिले सम्म अल्झेर बस्ने?? रगत संग साटेर ल्याएको संघीय  गणतन्त्र, धर्म निरपेक्ष, समानुपातिक समाबेश, जस्तो मुद्दाहरु माथि गिद्धेनजर लगाउनु यो मुलुकको लागि अविशाप हो।। राज्य भित्रका सबै जातिसमुदायले यो देश मेरो हो, यो माटो मेरो हो, यो संविधान मेरो हो, संविधान  मेरो हितमा छन भन्ने कुराको प्रत्याभूति नदिलाए सम्म यो देश कहिल्यै समृद्धि बनाउन सकिदैन । त्यसैले धर्म निरपेक्ष देशमा गाईको राजनीति नगर्दा देशको पक्कै हित  होला। मुलुक अस्थिरताको बन्दी भित्र नै गुजारिराख्ने हो भने गाई, भैसि, बोका,कुखुरा  काटेको विरोध गरे नि केहि फरक पर्दैन किनकी गणतन्त्रले यति धेरै छाडातन्त्र देखाउने छुट त हामीलाई दिएकै छन क्यारे हैन !

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी