काठमाडौ १५ पौष ।
नेपाली कांग्रेसको केन्द्रिय महाधिवेशन सकिएको करिब एक वर्षपछि अधिवेशन हुन बाँकी रहेका जिल्लामा आजबाट अधिवेशन सुरु हुदैछ ।
विभिन्न जिल्लामा विवाद कायम रहेपनि जिल्ला अधिवेशन बाँकी रहेकै अवस्थामा कांग्रेसले केन्द्रिय महाधिवेशन आयोजना गरेको थियो ।
महोत्तरी, सिरहा, पर्सा र डोल्पामा प्रतिनिधिको विवाद मिल्न नसक्दा अधिवेशन हुन सकेको थिएन । अधिवेशन हुन बाँकी रहेका जिल्ला मध्ये सिरहामा आजबाट अधिवेशन सुरु हुने कांग्रेसले जनाएको छ ।
यसैगरी महोत्तरी र पर्सामा आगामी मंगलबार जिल्ला अधिवेशन हुनेछ भने डोल्पामा पनि आगामी पौष मसान्त भित्र अधिवेशन गर्ने गरी तयारी सुरु थालिएको नेताहरुले बताएका छन्
पौष मसान्तभित्र विवादित जिल्लामा अधिवेशन गरिसक्न केन्द्रिय समितिले निर्देशन दिएपछि जिल्ला तहमा अधिवेहन हुन लागेको हो । शंखुवासभामा भने केही समय अघि मात्र अधिवेशन सकिएको छ ।