नवलपरासीमा बर्षौ देखि जोतभोग गर्दै अाएकाले जोतभोगको अधारमा अायोगले लालपुर्जा वितरण गर्ने- सांसद कलवार

नवलपरासीमा बर्षौ देखि जोतभोग गर्दै अाएकाले जोतभोगको अधारमा अायोगले लालपुर्जा वितरण गर्ने- सांसद कलवार

  • शुक्रबार, पुस १५, २०७३
  • रबिन्द्र यादव

  • 7.8K
    SHARES

नवलपरासी, पुस १५–नवलपरासीको निर्वाचन क्षेत्र नम्बर ६ मा बर्षौ देखि जोतभोग गर्दै अाएका किसानहरुले लालपुर्जा बाट बन्चित भएका थिए तर अब किसानहरुले नापी नक्सा गरि जोतभोगको अधारमा अायोग मार्फत मालपोत लालपुर्जा पाउने भएका छन्न ।

नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ६ बाट निर्वाचित सांसद देवकरण कलवार सन्तुले भुमि सुधार मन्त्री बिक्रम पाण्डे संग वहाँ कै निवासमा भेट वार्ता गरि मन्त्री पाण्डेले छिटै नवलपरासीमा भुमि सुधार अायोग गठन गर्ने र नाप नक्सा गरि लालपुर्जा वितरण गर्ने र किसानको समस्या समाधान गर्ने प्रतिबद्धता गरिनु भएको कलवारले संचारकर्मीहरुलाई जानकारी दिनु भएको छ ।

नवलपरासी जिल्लाको दक्षिणी सिमावर्ती रुपवलिया,त्रिबेणी सुस्ता, कुडिया, नर्सही, पक्लिहवा, गुठी परसौनी लगायतका गाविसहरुमा जोतभोगको अधारमा माल लालपुर्जा वितरण हुने भएपछि किसानहरुले सरकारबाट कृषिको लागि प्रदान गर्ने सेवासुविधा, बैंकिङ लोन लिन सक्ने बाट लभान्तित हुने बुझिएको छ ।

निकै समस्याको रुपमा नवलपरासीमा जड बनाएर रहेको बर्षौ देखि जोतभोग गर्दै अाएका किसानहरु अाफ्नो जग्गा अाफ्नै होइन भनेर महसुस हुने गर्थे तर अब जिल्लाको विभिन्न गाविसहरूमा अायोग बाट नाप नक्सा गरि लालपुर्जा वितरण गर्ने खबर सुनेपछि स्थानीय पिडित किसानहरु हर्षित भएका छन्न स्रोतका अनुसार सो गाविसहरुमा माघ महिना भित्र नापी नक्सा शुरु हुने बुझिएको छ ।

यसैगरी सांसद कलवारले उर्जा मन्त्री जनार्दन शर्मासंग पनि भेट गरी नारायणी गण्डक नदिबाट पीडित किसानहरूको लागी विद्युतीय प्रणालीबाट सिँचाईको लागि करिब ३ सय पोल र तार, १० वटा ट्रान्सफर्मर र एक सय वटा कृषि मिटर निर्वाचन  क्षेत्र नम्बर ६ का लागि माग गर्नु भएको छ साथै मन्त्री शर्माले यसको लागि चाडैं ब्यवस्थापन मिलाउनको लागि पहल गरिने बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ