काठमाडौं, पुस १५ ।
पूर्वाञ्चलको विभिन्न सहरमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदैछ ।
सुनसरीको धरानमा आज हुने विशेष कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गर्ने कार्यक्रम छ ।
राष्टिय खेलकुदले आज नै आठौ राष्टिय खेलकुदको मिति र स्थान तोक्ने छ । प्रतियोगिताको समापन अघि आज पनि विभिन्न ४४ स्वर्णका लागि प्रतिस्पर्धा हुने छ ।
राष्ट्रिय खेलकुदको अहिले सम्म २ सय ५० स्वर्ण तथा कुल ८ सय ८० पदकको टुंगो लागिसकेको छ ।पदक तालिकामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले १ सय ८ स्वर्णसहित आफ्नो अग्रता जारी राखेको छ ।
अन्य दुई विभागीय टोली एपीएफले ४६ स्वर्ण र नेपाल पुलिसले ४० स्वर्ण जितेका छन् । गैर विभागिय टोलीतर्फ सर्वा्धिक ३१ स्वर्ण जितेको मध्यमाञ्चल समग्र पदक तालिकामा चौथो स्थानमा रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline