२०१७ मा नेपाल-चीन सैन्य तालिम हुने

२०१७ मा नेपाल-चीन सैन्य तालिम हुने

  • शुक्रबार, पुस १५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, पुस १५ ।

दुई देशबीच सैन्य क्षेत्रमा सहयोग विस्तार गर्ने उदेश्यले नेपाल र चीनबीच सन् २०१७ मा संयुक्त सैन्य तालिम हुने भएको छ । उत्तरी छिमेकीले नेपालसँग निकट भविष्यमा हुन लागेको सैन्य तालिमबारे घोषणा गरेको हो

चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच पहिलोपटक संयुक्त सैन्य तालिम हुन लागेको हो । सैन्य तालिमका सम्बन्धमा दुई देशका उच्च राजनीतिक तहबाट सहमती प्राप्त भइसकेको स्रोतले बतायो ।

चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा सन् २०१७ मा नेपाल र चीनबीच संयुक्त सैन्य तालिमबारे प्रारम्भिक वार्ता भएको बताए ।

तर सैन्य तालिम कहिले हुने भन्ने यकिन मिति खुलाएनन् । ‘सैन्य तालिमको यकिन मिति उपयुक्त समयमा घोषणा गरिनेछ’, प्रवक्रा युजुनले भने । चीन र नेपाल बीच सैन्य क्षेत्रमा हालैका बर्षमा विभिन्न स्वरुपमा सम्पर्क भइरहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ