बौद्ध धर्मको प्रभाव कम हुँदैमा पतन भयो भन्नु गलत :सरोकारवाला

बौद्ध धर्मको प्रभाव कम हुँदैमा पतन भयो भन्नु गलत :सरोकारवाला

  • बिहिबार, पुस १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं, पुस १४ ।
खश साम्राज्यको पतनपछि बौद्ध धर्मको प्रभाव कम हुँदैमा पतन भएको भनिहाल्न नमिल्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
इतिहास तथा बौद्ध धर्मका अध्येता एवं लेखक बसन्त महर्जनद्वारा लिखित ‘खश साम्राज्यमा बौद्ध धर्मको उत्थान र पतन’ पुस्तकमाथि परिचर्चा कार्यक्रममा सहभागीहरुले बौद्ध धर्मको उत्पति विस्तार र विकासका बिषयमा धारणा राख्दै बौद्ध धर्म पतन नभएको बताएका हुन् ।

काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, भृकुटीमण्डपमा भएको कार्यक्रममा  बोल्दै महर्जनले  भन्नुभयो , इसाको बा¥हौं शदीमा वर्तमान कर्णाली क्षेत्रको सिंजा उपत्यकालाई राजधानी बनाई राजा ङारी प्रदेश (तिब्बत) का राजा नागराजद्वारा स्थापित साम्राज्यलाई उनका उत्तराधिकारी राजाहरुले अझ विस्तार गरी एक साम्राज्यको रुप दिएको थियो ।

त्यति बेला राज्याश्रय पाएको बौद्ध धर्म पन्धौं शदीमा साम्राज्यको विघटनसँगै पतन भएको विषयवस्तु यस पुस्तकमा रहेको छ । नेपाली भाषाको उत्पति यही समयमा भएको मानिन्छ भने नेपालीभाषाको प्रयोग भएका अभिलेख पनि बौद्ध विषयवस्तु नै रहेको पाइन्छ ।

पुस्तकबारे टिप्पणी गर्दै अर्का अनुसन्धानकर्ता एवं लेखक विश्व के.सी. (पोखरेल)ले खश साम्राज्यको पतनपछि बौद्ध धर्मको प्रभाव कम हुँदैमा पतन भएको भनिहाल्न नमिल्ने विचार व्यक्त गर्नु भयो । यसरी नै संस्कृतिका सहप्राध्यापक निर्मला ढुंगानाले पुस्तक लैंगिक दृष्टिकोणले पुरुष दृष्टिकोणबाट आएको टिप्पणी गर्नु भयो ।

पुस्तकालय प्रमुख जुजुभाई डंगोलबाट संचालन गरिएको यस परिचर्चा कार्यक्रममा सहभागीहरुले आफ्नो मन्तव्य व्यक्त गर्दै राखेका जिज्ञासामा लेखक महर्जनले स्पष्ट पार्नु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ