धुलीखेल , पुस १४ गते । ७बुँदे घुलीखेल घोषणापत्र जारी गर्दै मानवअधिकारकर्मीहरुको राष्ट्रिय भेलाबिहिबार धुलीखेलमा सम्पन्नभएको छ । देशभरिकामानवअधिकारकर्मीहरुको २ दिनसम्मभएको भेलाले धुलीखेल घोषणापत्र जारी गरेको हो ।
घोषणापत्रमाउल्लेख गरेका महत्वपूर्ण कुरा यहाँ प्रस्तुतगरिएको छ । नेपालमा १० वर्षे आन्तरिक शसस्त्र द्वन्द्वको समाप्तीभई विस्तृत शान्ति संझौताभएको १० वर्ष वित्नलाग्दापनिशान्ती संझौताले परिकल्पना गरेका संक्रमणकालीन न्यायसँग सम्वन्धीत सत्य निरुपण तथा मेलमिलापआयोग, बेपत्ता छानवीन आयोग जस्ता संयन्त्रले प्रभावकारी कामगर्न नसकेको अवस्था छ । बेपत्ता छानविन तथा सत्य निरुपण र मेलमिलापआयोग ऐनले गम्भीर प्रकृतिकामानवअधिकार उल्लंघनको विषयमा समेत माफीदिनसक्ने प्रावधानले पीडितको न्यायपाउने अधिकार र मानवअधिकारकाविश्वव्यापी सिद्धान्त प्रतिकुलभएकाले युद्ध अपराध र मानवता विरुद्धको अपराधमा दोषीठहरिएकाव्यक्तिहरूलाई कुनै पनिहालतमामाफीनदिन यो भेलामागगर्दछ ।उल्लेख गरिएको छ ।
उक्त सम्मेलनमाबिभिन्नबिषयमाकार्यपत्र प्रस्तुतगरिएकोे थियो । मानबअधिकार रक्षक सम्मेलन र यसको उपलब्धिकाबारेमा सोमराजथापा, मानबअधिकार रक्षक सम्बन्धिअन्तराष्ट्रिय व्यबस्था र मस्यौदा बिधेयकइन्सेककी सम्झाश्रेष्ठ, नेपालको संबिधान, मानबअधिकार रक्षक र उनिहरुको अधिकार र कर्तव्यकाबिषयमाअधिबक्ता टिकाध्वज खड्का र मानबअधिकार आयोग र मानबअधिकार रक्षक बिषयमाश्यामबाबु काफ्लेले कार्यपत्र प्रस्तुतगर्नु भएको थियो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) मध्यमाञ्चल क्षेत्रियकार्यालय, काठमाण्डौंको आयोजनातथा डेनिस चर्च एसोसियसनको सहयोगमा भेलाआयोजनाभएको हो ।राष्ट्रिय भेलाको समापनकार्यक्रममामन्तव्य राख्नु हुँदै इन्सेक मध्यमाञ्चल क्षेत्रीय संयोजक कृष्ण गौतमले भेलाले पारित गरेकालिखित घोषणापत्र कुनै एउटा संस्थाविशेषको नभई सिङ्गो मानवअधिकार क्षेत्रको दस्तावेज भएको बताउनु भयो । उहाँले मानवअधिकारकर्मीहरु कतिपयअवस्थामा दोहोरो भूमिकाको कारण असुरक्षितहुने गरेको बताउँदै आचारसंहितामाध्यानदिनुपर्ने कुरामाजोड दिनुभयो ।
गौतमले मानवअधिकारको अभियानलाई समावेशी रुपमा अघि बढाउने प्रयत्नपनिभईरहेको तर्क गर्दै यसकालागि सरोकारवाला सबैले भूमिकानिर्वाह गर्नुपर्ने बताउनु भयो ।