मिर्गौलाको तस्करीमा संलग्न तीन जना पक्राउ

मिर्गौलाको तस्करीमा संलग्न तीन जना पक्राउ

  • बिहिबार, पुस १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

काठमाण्डौ ,१४ पुस ।
मानव अंग मिर्गौलाको ओसारपसारमा संलग्न रहेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ४४ बर्षिय विकास भन्ने विनुबहादुर तिमल्सिना, ४७ बर्षको प्रकाश बस्नेत र ३६ बर्षिको भीमप्रसाद न्यौपाने रहेका छन् ।

तीनै जनालाई विशेष सुराकीको आधारमा महानगरिय प्रहरी अपराध महाशाखाले काठमाडौं उपत्यकाबाट पक्राउ गरि आज सार्वजनिक गरिएको हो ।

पत्रकार सम्मेलनमा भारतको विभिन्न सहरमा जागिर लगाईदिने प्रलोभनमा पारी भारत पुर्यापछि बेहोस बनाइ मिर्गौला झिकेर बेच्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको जानकारी गराईएको छ ।

मिर्गौला तस्करीमा ५ जनाको संलग्न रहेपनि अमृत गुरुङ र नारायण नेपाली भने फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले तिमल्सिना र बस्नेतमिलेर ग्राहक खोज्ने गरेको र न्यौपाने र गुरुङले देशको विभिन्न ठाउँबाट जागिर लागाइदिने लोभ देखाएर काठमाडौं ल्याउने गरेको अनुसन्धानबाट खुलेको जनाएको छ ।

उनीहरुले ल्याएका व्यक्तिहरुलाई ’जागिर लगाइदिनु पहिले स्वास्थ्य परीक्षण गर्नुपर्छ’ भन्दै रगत समूह पत्ता लगाउने र पछि मिर्गौला झिक्ने गरेका थिए । उनीहरुले हालसम्म गोरखा, कास्की लगायतका विभिन्न ठाउँबाट ५ जनाबढीलाई लोभ देखाएर भारत लगेर मिर्गौला झिकेको अनुसन्धानबाट देखिएको छ ।

मानव बेचविखन तथा ओसारपसार ऐन २०६४ मा ’प्रचलित कानुन बमोजिम बाहेक मानिसको कुनै अंग झिक्नेलाई १० वर्ष कैद र २ लाख रुपैयाँसम्म जरिवाना हुने’ व्यवस्था गरिएको छ ।

यसैगरी ऐनमा शोषण गर्ने उद्देश्यले एक ठाउँबाट अर्को ठाउँमा लैजानेलाई १ वर्षदेखि २ वर्ष कैद र विदेश लगेको भए २ वर्षदेखि ५ वर्षसम्म कैद सजाय हुन सक्नेछ उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ