अब पनि दलहरु गम्भिर बन्न नसके देशले ठुलो चुनौतिको सामना गर्नुपर्ने : सभामुख

अब पनि दलहरु गम्भिर बन्न नसके देशले ठुलो चुनौतिको सामना गर्नुपर्ने : सभामुख

  • बिहिबार, पुस १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाण्डौ, पुस १४ ।

सभामुख ओनसरी घर्तिमगरले पटक पटक अवरुद्ध हुँदै आएको संसद संसद बैठक खोल्न आफुले सक्दो प्रयास जारी राखेको बताउनुभएको छ ।

रिपोर्टस क्लबको टोलीसँग संसद भवनममा भएको भेटमा सभामुख घर्तीले अबको केहि दिनमा नै सहमतीको आधारमा जारी राजनैतिक गतिरोध अन्त्य हुने बताउनु भयो । टोलीले लगातार संसद अबरुद्ध भईरहेकोले सहमती हुन नसक्नुको कारणबारे जिज्ञासा राखेका थिए ।

सभामुख घर्तिले प्रमुख प्रतिपक्ष नेकपा एमाले लगायत बिपक्षि दलहरुलाई वार्ता सहमति गर्नका लागि थप ३ दिनको समय उपलब्ध गराएको समेत सञ्चारकर्मिको टोलीलाई जानकारी गराउनुभयो । यो समयभित्रै दलहरुविच सहमति भई संसदको अवरोध हट्ने समेत आशा व्यक्त गर्नभयो ।

माघ ७ गते भित्र तिनै तहको निर्वाचन गर्नुपर्ने बाध्यात्मक परिस्थिती समेत मुलुकसामु रहेकोले दलहरु अब पनि दलहरु गम्भिर बन्न नसके देशले ठुलो चुनौतिको सामना गर्नुपर्ने उहाँले धारणा राख्नुभयो ।

यता मुलुकको पछिल्लो राजनितिक गतिरोध हटाउने पहलस्वरुप राष्ट्रपति विद्यादेबि भण्डारीले समेत शिर्षस्थ दलका निताहरुसंग बारम्बार परामर्श तथा छलफल गर्दै आउनुभएको छ ।

उता प्रमुख प्रतिपक्ष एमालेसहितका दलहरु संविधान संशोधन प्रस्ताव फिर्ता नगरेसम्म संसद अवरोध जारी राख्ने अडानमा छन् भने मधेसी मोर्चा तत्काल संविधान संसोधन प्रकृया अगाडि बढाए मात्र निर्वाचनमा सामेल हुने बताउँदै आएको छ ।

संसदको अवरोध कायमै रहदा संविधान संशोधन विद्येयक र निलम्बित अख्तियार प्रमुख कार्किविरुद्धको महाअभियोग प्रस्तावमाथीको छलफल अघि बढन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ