काठमाडौं, पुस १४ ।
ब्यावस्थापिका संसदको बैठक आज पनि स्थगित भएको छ । नया वानेश्वर स्थित संसद भवनमा आज बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सहितका दलहरुको अबरोधका कारण पुस १८ गते सम्मका लागी बैठक स्थगित भएको हो ।
आजको बैठक सुरु हुनेबित्तिकै एमालेका सांसद वैजनाथ चौधरीले बोल्दै जनचाहना बिपरित सिमाङकन हेरफेर गरि सरकारले संबिधान संसोधन प्रस्ताव ल्याएके भन्दै बिरोध गर्नुभयो ।
५ नम्बर प्रदेशमा पहाड र तराईलाई छुट्याउने गरि तयार पारिएको सिमाङकन प्रस्ताव जनताले नचाहेको भन्दै उहाले सिमित दल र व्यात्तिको स्वार्थका लागी ल्याईएको त्यस्तो प्रस्ताव फिर्ता गर्न माग गर्नुभयो ।
प्रदेश टुक्राउने प्रस्तावको बिरोधमा पश्चिमका बिभिन्न जिल्लामा सुरु भएको आन्दोलन केहि समयपछि अन्य बिभिन्न जिल्लाहरुमा पनि सुरु हुने भन्दै उहाले संसोधन प्रस्ताव फिर्ता नभएसम्म सदन चल्न नदिने अडान राख्नुभयो ।
सो लगत्तै एमालेसहितका संबिधान संसोधनको विपक्षमा रहेको ९ दलका सांसदले आ आफ्नो स्थानबाट उठेर बिरोध जनाएका थिए ।
सभामुख ओनसरी घर्तीले बैठक सुचारु गराउन सांसादहरुलाई पटक पटक बस्न आग्रह गरेपनि बिरोध जारी रहेपछि आगामि सोमवार दिउसो १ बजेसम्मका लागी बैठक स्थगित गर्नुभयो ।
लगातार सदन अवरुद्ध हुदा दर्ता भएर पनि निर्वाचन सम्बन्धि विधेयक अघि बढ्न सकेको छैन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव समेत अलपत्र परेको छ ।
यस्तै राजनीतिक गतिरोध अन्त्यको पहल स्वरुप सभामुख ओनसरी घर्ती मगरले प्रमुख राजनीतिक दलहरुसँग पटक पटक प्रयास गरे पनि दलहरुको आ–आफ्नै अडानका कारण सम्भव हुन भने सकेको छैन ।