१० हजार विद्यार्थी आज दीक्षित हुदै

१० हजार विद्यार्थी आज दीक्षित हुदै

  • बिहिबार, पुस १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौं, पुस १४।
त्रिभुवन विश्वविद्यालयले आज झण्डै १० हजार विद्यार्थीलाई दीक्षित गर्दैछ । त्रिविले ४२ औँ दीक्षान्त समारोहमा ९ हजार ७ सय ३४ जनालाई दीक्षित गर्न लागेको जनाएको छ ।

दीक्षान्त समारोह ललितपुरको पुल्चोकमा रहेको इन्जिनियरिङ क्याम्पसको मैदानमा मध्यान्ह १२ बजेपछि मात्र हुनेछ । समारोहमा त्रिवीका कुलपति समेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल दीक्षित विद्यार्थीलाई सम्मान गर्नु हुने छ ।

पोहोर असारदेखि यो वर्षको असार १५ सम्ममा स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडीको ट्रान्सक्रिप्ट लिएका विद्यार्थीलाई दीक्षित गर्न लागिएको त्रिविका प्रवक्ता भोलाप्रसाद ढकालले बताउनुभयो ।

८३ हजार ४ सय २५ जनाले ट्रान्सक्रिप्ट लिएपनि ९ हजार ७ सय ३४ जना मात्र दीक्षित हुन लागेका हुन् । त्रिवि अन्तर्गत पाँचवटा अध्ययन संस्थान, ३५ वटा केन्द्रीय विभाग, ६० वटा आंगिक क्याम्पस र १ हजार ८४ वटा सम्बन्धन प्राप्त क्याम्पस संचालनमा छन् ।

उच्च शिक्षा अध्ययनरत विद्यार्थीमध्ये ८० प्रतिशतभन्दा बढी त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ