उपत्यका सहित तराइमा बाक्लो हुस्सु, उडान प्रभावित

उपत्यका सहित तराइमा बाक्लो हुस्सु, उडान प्रभावित

  • बिहिबार, पुस १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, पुस १४।
काठमाडौं उपत्यकासहित तराईमा अहिले बाक्लो हुस्सु लागेको छ । अहिले लागेको बाक्लो हुस्सु घाम लागेपछि विस्तारै हट्ने मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।

हुस्सुका कारण अहिले काठमाडौंको भिजिबिलिटि २०० मिटरमा झरेको छ । मौसम विद् प्रधानाङ्गका अनुसार काठमाडौंमा लागेको हुस्सु अबको दुई तीन घण्टापछि हट्नेछ ।

तराईमा भने दिउँसोपछि मात्र हट्ने उहाँले जानकारी दिनु भयो । दिउँसो पहाडी क्षेत्रको मौसम बदली हुने उहाँले जानकारी दिनुभयो । तर पानी पर्ने संभावना भने छैन ।

यसैबिच बाक्लो हुस्सु लागेर भिजिविलिटी कम भएपछि त्रिभुवन विमानस्थलबाट हुने सबै उडान बन्द भएका छन् । विमानस्थलका अनुसार सामान्य अवस्थामा यतिबेला आन्तरिक उडान हुने गरेको थियो ।

बिहान ८ बजेपछि बाह्य उडान हुने गरेकामा हुस्सु नहटेसम्म आन्तरिक र बाह्य सबै उडान बन्द भएको विमानस्थल कार्यालयले जनाएको छ ।

अन्तराष्ट्रिय उडानको लागि कम्तिमा पनि ३ हजार मिटर भिजिविलिटि आवश्यक पर्ने मौसमविदले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ