संसोधन र निर्वाचनबारे ठोस धारणा बनाउन मोर्चाको बैठक बस्दै

संसोधन र निर्वाचनबारे ठोस धारणा बनाउन मोर्चाको बैठक बस्दै

  • बिहिबार, पुस १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाण्डौ ,१४ पुस ।

संयुत्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आज बस्दै छ ।

बिजुली बजार स्थित तमलोपाको पार्टी कार्यलयमा बिहान ११ बजे बस्ने बैठकमा समसामयी राजनितिक बिषयमा छलफल हुनेछ ।

बैठकले संबिधान संसोधन बिधेयक ,स्थानीय निकाय लगायतका बिषयमा छलफल गरी मोर्चाको पछिल्लो आधिकारीक धारणा तय गर्ने छ ।

सद्भावनाका महासचिव मनिस सुमनका अनुसार बैठकले संबिधान संसोधनमाथि भईरहेको ढिलाईबारे समिक्षा गर्दै त्यसलाई अघि बढाउन अपनाक्ष्ईने रणनीति पनि तय गर्ने छ ।

सत्तारुढ दल काग्रेस र माओवादी केन्द्रले स्थानीय निकायको निर्वाचनमा सहमतीमा आउन आग्रह गरेपनि मधेसी मोर्चाले भने पहिले संसोधन प्रस्तावको टुङ्गो लगाउनु पर्नेमा जोड दिएका छन् ।

संबिधान संसोधन र स्थानिय निकायको निर्वाचनका बिषयलाई एकैसाथ अघि बढाउनेबारे मोर्चाले आज ठोस धारणा तय गर्ने महासचिव सुमनले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ