मेलम्ची आयोजनाको पहिलो ‘ब्रेक थ्रुु ,९.४ किलोमिटरको सुन्दरीजल–सिन्धु सुरुङ निर्माण पूरा

मेलम्ची आयोजनाको पहिलो ‘ब्रेक थ्रुु ,९.४ किलोमिटरको सुन्दरीजल–सिन्धु सुरुङ निर्माण पूरा

  • बिहिबार, पुस १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ,१३ पुस ।

राष्ट्रिय गौरवको बहुचर्चित र प्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको ९.४ किलोमिटरको सुन्दरीजल–सिन्धु सुरुङ निर्माण पूरा भएको छ ।

सुन्दरीजलबाट खन्दै अगाडि गएको सुरुङ सिन्धुबाट खन्दै आएको सुरुङमा आयोजनाले पहिलो ‘ब्रेक थु्रु गर्यो । यो सुरुङ खण्ड सबैभन्दा लामो ९.४ किलोमिटर लम्बाइको छ ।

‘अझै यस्ता दुईवटा विन्दुमा ब्रेक थु्र हुन बाँकी छ,’ आयोजनका प्रमुख घनश्याम भट्टराईले भने, ‘आज भएको यो पहिलो ब्रेक थु्रले अब तोकिएकै समयमा उपत्यकाबासीले मेलम्ची पानी प्रयोग गर्न पाउने विश्वास बढेको छ ।’ २०७४ असोजभित्र उपत्यकावासीलाई मेलम्चीको पानी पुर्‍याउने आयोजनाको लक्ष्य छ ।

आयोजनाअन्तर्गत कुल २७ किलोमिटर सुरुङ मार्गमध्ये अहिलेसम्म २०.३८ किलोमिटर सुरुङ निर्माण भइसकेको छ । अब ५ हजार ५ सय २९ मिटर सुरुङ निमार्ण गर्न बाँकी रहेको आयोजनाप्रमुख भट्टराईले बताए । ‘सुरुङ निमार्णको करिब ८० प्रतिशत काम भइसकेको छ,’ उनले भने । आयोजना सम्पन्न हुन अडिटसहित २७.५ किलोमिटर सुरुङ खन्नुपर्छ ।

बुधबारको ब्रेक थु्रसँगै अब सिन्धुदेखि ग्यालथुमसम्म निर्माण भइसकेको दुई किलोमिटरसहित सुन्दरीजलबाट ११.६ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ । आयोजनाले ग्यालथुम-अम्बाथान सुरुङको ब्रेक थ्रु पनि केही समयमै गर्ने उल्लेख गरेको छ । सिन्धु-ग्यालथुम सुरुङमार्गको ब्रेक थु्रमा भने केही समय लाग्ने आयोजनाले जनाएको छ ।

अब आयोजनाअन्तर्गत सिन्धुदेखि ग्यालथुमसम्मको २.८ किलोमिटर र ग्यालथुमदेखि अम्बाथानसम्मको २.७ किलोमिटर सुरुङ खन्न बाँकी रहेको आयोजनाले उल्लेख गरेको छ ।

अहिलेसम्म निर्माण भएको सुरुङमध्ये सन् २००९ देखि २०१२ सम्म काम गरेको चिनियाँ कम्पनीले ६.४ किलोमिटर सुरुङ निर्माण गरेको थियो । चिनियाँ कम्पनीले त्यसबापत १८ मिलियन डलर रकम लगेको थियो ।

चिनियाँ कम्पनीको ठेक्का रद्द भएपछि इटालियन सीएमसी कम्पनीसँग २०१३ जुलाईमा कुल एक सय २० मिलियन डलरको लागतमा सुरुङ निर्माणको सम्झौता भएको थियो । सन् २०१६ सेप्टेम्बर सम्ममा काम सम्पन्न गर्नुपर्ने भए पनि आयोजना लागतमा ४० मिलियन डलर थप गर्दै ६ महिना समयावधि थपिएको थियो ।

निर्माण कम्पनीले भने २०१७ अक्टोबरमा सम्पन्न गर्ने गरी काम गरिरहेको छ । तीन सय १७ मिलियन डलर कुल लागत रहेको आयोजना सम्पन्न भएपछि पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी राजधानी भित्रिनेछ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको १७-१७ करोड लिटर पानी थप्ने आयोजनाको लक्ष्य छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी