प्रिमियर लिगमा टोटनह्याम विजयी

प्रिमियर लिगमा टोटनह्याम विजयी

  • बिहिबार, पुस १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी पुृस १४।
इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम विजयी भएको छ । टोटनह्यामले साउथह्यामप्टनलाई ४–१ ले हराएको हो ।

टोटनह्यामको जितमा डेल अलीले दुई तथा ह्यारी केन र सन ह्युङ मिनले एक एक गोल गरे । साउथह्यामप्टनका लागि भान डिजेकले एक गोल गरे ।

दोस्रो मिनेटमा नै डिजेकले गोल गर्दै साउथह्यामप्टनलाई सुरुवाति अग्रता दिलाएका थिए । १९ औं मिनेटमा अलीले टोटनह्यामका लागि बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा ५२ औं मिनेटमा केनले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए ।

५७ औं मिनेटमा नाथन रेडमण्ड रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि साउथह्यामप्टन १० खेलाडीमा सीमित भयो । त्यसपछि पाएको पेनाल्टीमा केनले गोल गर्न सकेनन् । ८५ औं मिनेटमा सनले गोल गरेपछि टोटनह्यामले ३–१ को अग्रता लियो ।

८७ औं मिनेटमा अलीले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटनह्याम ४–१ ले विजयी भयो । जितपछि पाँचौं स्थानको टोटनह्यामको १८ खेलबाट ३६ अंक भएको छ । २४ अंकसहित साउथह्यामप्टन आठौं स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी