८७ वर्षको उमेरमा साहित्यकार दीक्षितको निधन

८७ वर्षको उमेरमा साहित्यकार दीक्षितको निधन

  • बिहिबार, पुस १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, पुस १४।
साहित्यकार कमलमणि दीक्षितको ८७ वर्षको उमेरमा निधन भएको छ ।

श्वास प्रश्वासको समस्याबाट पीडित उहाँको ललितपुरको बीएन्डबी अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

तीन महिनायता फोक्सोको क्यान्सरबाट पीडित उहाँलाई श्वास प्रश्वासमा समस्या भएपछि गत सोमबार अस्पताल भर्ना गरिएकाो थियो ।

वि.सं. १९८६ साल भदौ कुशे औंसीका दिन काठमाडौंको गौरीधारामा जन्मनुभएको उहाँ ललितपुरको पाटनढोकास्थित निवासमा बस्दै आउनु भएको थियो ।

दीक्षितका आफ्ना सिर्जना र सम्पादित पुस्तक गरी ७५ भन्दा बढी कृति प्रकाशित छन् । विशेष गरेर साहित्यिक अनुसन्धानमा चाख राख्ने उहाँका ‘यस्तो पनि’, ‘कालो अक्षर’, ‘कागतीको सिरप’, ‘चार कन्था’, ‘शाखा सन्तान’ लगायत कृति उल्लेख्य छन् ।

विभिन्न सामाजिक, साहित्यिक, शैक्षिक र व्यावसायिक संघसंस्थामा आबद्ध रहेका दीक्षित मदन पुरस्कार गुठी र मदन पुरस्कार पुस्तकालयका संस्थापक हुनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ