काठमाण्डौ, पुस १३ ।
नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संबिधान संसोधन र स्थानिय तहको निर्वाचनका बिषयमा राजनितिक दलबीच देखिएको ध्रुविकरण दुर्भाग्यपूर्ण भएको टिप्पडि गर्नुभएको छ ।
पार्टीको संसदीय विभागले गरेको अन्तरक्रियामा भट्टराईले दलहरुबीच संविधान संशोधन कि निर्वाचन भन्ने मुद्दामा ध्रुवीकरण देखिएको भन्दै यो ठूलो दुर्भाग्य भएको बताउनुभयो ।
विपक्षी दलले मुलुकलाई टकरावको बाटोमा लैजान खोजेको आरोप लगाउदै सदनको अबरोध हटाएर सहमतीमा आउन पनि आग्रह गर्नुभयो ।
आन्तरिक समस्या समाधान गर्न आफैले प्रयत्न गर्नु पर्नेमा केहीले भ्रमको खेती गरेको भट्टराईको आरोप छ ।
पूर्व प्रधानमन्त्री भट्टराईले हामीले आफ्ना आन्तरिक मामला हल गर्न नसक्दा छिमेकीले हात हाल्ने अवसर मात्र पाउने बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline