काठमाडौं, पुस १३ ।
नेकपा एमालेले संविधान संशोधन प्रस्तावको बिरोधमा काठमाडौँमा आयोजना हुने बिरोध कार्यकत्र्रममा अनिवार्य उपस्थितिका लागि उपत्यकामा रहेका आफ्ना सबै सङ्गठित सदस्यलाई निर्देशन दिएको छ ।
विरोध प्रदर्शनलाई संयोजन गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित समितिको आज बसेको बैठकले यही पुस २२ गते विपक्षी दलको आयोजनामा हुने विरोध प्रदर्शनमा सहभागि हुन निर्देशन दिएको हो ।
एमालेका उपत्यकामा मात्रै ५० हजार सदस्य रहेको भन्दै सबै सदस्य सडकमा उतार्ने योजना बनाएको बैठकपछि बोल्दै महासचिव पोखरेलले जानकारी दिनुभयो ।
सरकारद्वारा अघि सारिएको संविधान संशोधनसम्बन्धी प्रस्ताव संविधान, जनभावना र राष्ट्रिय एकता, सामाजिक सद्भावविरोधी समेत रहेको निष्कर्षसहित उक्त प्रस्तावको विपक्षमा रहेका नेकपा (एमाले) सहितका नौ राजनीतिक दलले विरोध प्रदर्शनको तयारी गरेका छन् ।