प्रतिपक्षीको अबरोध पछि भोली सम्म संसद बैठक स्थगित

प्रतिपक्षीको अबरोध पछि भोली सम्म संसद बैठक स्थगित

  • बुधबार, पुस १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ ,१३ पुस ।

प्रतिपक्षी दलको अबरोधका कारण आज पनि व्यावस्थापिका संसद बैठक स्थगित भएको छ ।

नया बानेश्वर स्थित संसद भवनमा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेसहितका संबिधान संसोधन प्रस्तावको विपक्षमा रहेका ९ दलले अबरोध गरेपछि बैठक भोली सम्मका लागी स्थगित भएको हो ।

बैठक सुरु हुनेबित्तिकै बोल्दै नेपाल परिवार दलका सांसद एकनाथ ढकालले सरकारले संसद सचिवालयमा दर्ता गराएको संसोधन प्रस्ताव राष्ट्रिय हित विपरित रहेकाले तत्काल फिर्ता गर्न सरकारसँग माग गर्नुभयो ।

उहाले प्रस्ताव फिर्ता लिएर निर्वाचनको मिति घोषणा गर्न पनि माग गर्नुभयो । स्थानिय तहको निर्वाचनको तयारीमा लाक्ष्नुपर्ने समयमा संबिधान संसोधन प्रस्तावमाथि अल्झिएको भन्दै तत्काल बिबाद समाधान गरि निर्वाचनको तयारीमा लाग्न उहाले सरकारलाई सुझाव दिनुभयो ।

राष्ट्रिय हित विपरीत आएको संसोधन प्रस्ताव फिर्ता गरी सहमतीको वातावरण बनाउनुपर्नेमा उहाको जोड छ ।

त्यसलगत्तै विपक्षी ९ दलका सांसदहरुले आ आफ्नो ठाउबाट उठेर बिरोध गर्दै संसोधन प्रस्ताव फिर्ता नलिएसम्म सदन चल्न नदिने अडान राखेपछि सभामुख ओनसरी घर्तीले बैठक स्थगित गर्नुभयो । अर्को बैठक भोली दिउसो १ बजे पुन बस्ने छ ।

लगातार सदन अवरुद्ध हुदा दर्ता भएर पनि निर्वाचन सम्बन्धि विधेयक अघि बढ्न सकेको छैन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव समेत अलपत्र परेको छ ।

यस्तै एक महिना देखि उत्पन्न राजनीतिक गतिरोध अन्त्यको पहल स्वरुप सभामुख ओनसरी घर्ती मगरले प्रमुख राजनीतिक दलहरुसँग पटक पटक प्रयास गरे पनि दलहरुको आ–आफ्नै अडानका कारण सम्भव हुन भने सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ