काठमाडौं, पुस १३ ।
भारतको सिलिगुढीमा जारी चौथो साफ महिला फुटबल च्याम्पियनसिपमा आज नेपालले माल्दिभ्सको सामना गर्दैछ ।
पहिलो खेलमा भुटानलाई ८–० को फराकिलो गोल अन्तरले पराजित गरेको नेपालले आज माल्दिभ्स विरुद्धको खेलमा पनि सोही लयलाई निरन्तरता दिने बताएका छन् ।
माल्दिभ्सले भने पहिलो खेलमा श्रीलंकालाई ५–२ ले पराजित गरेको थियो । प्रतियोगिताको उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको नेपाली टोलीले यसपछि समुहको अन्तिम खेलमा श्रीलंकाको सामना गर्नेछ ।
सात राष्ट्र सहभागि प्रतियोगिताको अर्को समुहमा भारत, अफ्गानिस्तान र बंगलादेश रहेका छन् ।
सन् २०१० बाट सुरु भएको साफ महिला च्याम्पियनसिपमा यसअघिका तीन वटै संस्करणको फाइनलमा नेपाललाई भारतले हराएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline