कांग्रेस माओवादी एमाले फकाउदै

कांग्रेस माओवादी एमाले फकाउदै

  • बुधबार, पुस १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौ १३ पौष ।  

संविधान संशोधन विधेयक संसद सचिवालयमा दर्ता भएपछि उत्पन्न गतिरोध अन्त्य गर्ने पहलमा दलहरु जुटेका छन् । हिजो मधेशी मोर्चासँग छलफल गरेका सत्तारुढ दल कांग्रेस माओवादीले आज प्रतिपक्षी एमालेसँग परामर्श गर्दैछन् ।

बिहान ११ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा संविधान संशोधन विधेयक, स्थानीय निकायको निर्वाचन लगायतका विषयमा छलफल हुनेछ । बैठकमा सत्तारुढ दलले तनै तहको निर्वाचनको मिति सहितको कार्यतालिका प्रस्ताव गर्ने तयारी गरेको नेताहरुले बताएका छन् ।

पछिल्लो समय दलहरुबीच पुरानै संरचनामा स्थानीय निकायको निर्वाचन गर्ने सम्बन्धमा छलफल चलेपनि निष्कर्षमा भने पुग्न सकेको छैन । गत सोमबार सभामुख ओनसरी घर्ती मगरले संसदमा प्रतिनिधित्व गर्ने सात दललाई बोलाएर संसदीय गतिरोध अन्त्य गर्न आग्रह गर्नुभएको थियो ।

प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधन प्रस्ताव फिर्ता नभएसम्म अन्य कुनै विषयमा सहमति जनाउन नसकिने बताइरहेका बेला सत्तारुढ कांग्रेस माओवादीले स्थानीय निकाय निर्वाचनलाई प्राथमिकतामा राखेर कार्यतालिका प्रस्तुत गर्न लागेका हुन् ।

उता मधेशी मोर्चाले भने संविधान संशोधन नभएसम्म स्थानीय निकाय निर्वाचनमा सहभागी नहुने अडान खोहोर्याउदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ