काठमान्डौ पुस १३ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको बयरवन–९ मा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
बिहान साढे ६ बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको नं नखुलेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको को २२ प ४३८४ नंको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङ पथरी शनिश्चरे–८ स्थित भुटानी शरणार्थी शिविरमा बस्ने ४५ वर्षीय धनकुमार राईको रहेका छन् ।
दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार सोही ठाउँकी ३५ वर्षीया विष्णुमाया राई गम्भिर घाइते भएकी छिन् । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने टिपर सहित त्यसका चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले जानकारी दिनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline