माओवादी केन्द्रको पार्टी हेडक्वाटर बैठक बस्दै

माओवादी केन्द्रको पार्टी हेडक्वाटर बैठक बस्दै

  • बुधबार, पुस १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ १३ पौष ।  

सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको पार्टी हेडक्वाटर बैठक आज बस्दैछ । संविधान संशोधन नगरी स्थानीय निकाय निर्वाचन गर्न नदिने मधेशी मोर्चाको अडानपछि थप रणनिति बनाउने विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा केहीबेरपछि बस्ने बैठकले संविधान संशोधन, स्थानीय तहको निर्वाचन र महाअभियोग प्रस्ताव लगायतका विषयलाई प्याकेजमा टुङ्ग्याउनेबारे पार्टीको ठोस धारणा तय गर्ने जनाइएको छ ।

मोर्चाको असहमतिका बाबजुद निर्वाचनको मिति घोषणा गर्न कांग्रेसले दवाव दिएपछि अप्ठ्यारोमा पार्नुभएका पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीभित्र छलफल गर्न लाग्नु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ