व्यवस्थापिका संसद बैठक आज बस्दै

व्यवस्थापिका संसद बैठक आज बस्दै

  • बुधबार, पुस १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौं, पुस १३ ।
व्यवस्थापिका–संसदको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वर स्थित संसद भवनमा अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।

लगातार अवरुद्ध हुँदै आएको संसद बैठक हिजो पनि पूर्वसभासद बुद्धरत्न सायमिको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आज अपरान्ह ३ बजे सम्मका लागि स्थगित गरिएको हो ।

सरकारले मधेसी मोर्चाको माग संबोधनका लागि भन्दै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरे सँगै प्रमुख प्रतिपक्षी दल एमालेसहितका विपक्षी दलहरुले संशोधन विधेयक राष्ट्रहित विपरीत रहेको भन्दै लगातार सदन अवरुद्ध गर्दै आएको छ ।

जसका कारण दर्ता भएर पनि निर्वाचन सम्बन्धि विधेयक अघि बढ्न सकेको छैन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव समेत अलपत्र परेको छ ।

यस्तै एक महिना देखि उत्पन्न राजनीतिक गतिरोध अन्त्यको पहल स्वरुप सभामुख ओनसरी घर्ती मगरले प्रमुख राजनीतिक दलहरुसँग पटक पटक प्रयास गरे पनि दलहरुको आ–आफ्नै अडानका कारण सम्भव हुन भने सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ