लिभरपुल इग्लिस प्रिमियर लिगको दोस्रो स्थान उक्लियो

लिभरपुल इग्लिस प्रिमियर लिगको दोस्रो स्थान उक्लियो

  • बुधबार, पुस १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौ १३ पौष ।
इंग्लिस प्रिमियर लिग अन्तरगत पछिल्लो खेलमा स्टोक सिटीलाई पराजित गर्दै लिभरपुल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

गएराति सम्पन्न खेलमा स्टोक सिटीलाई ४–१ गोल अन्तरले पराजित गरेको लिभरपुल दोस्रो स्थानमा उक्लिदै म्यानचेष्टर सिटीलाई पछि पारेको हो ।

लिभरपुलका लागि एडम लालना, रोबर्टो फिरमिनो र ड्यानिएल स्टरेजले गोल गरे । स्टोक सिटीका जानेली इम्बुलाले आत्मघाती गोल गरे । स्टोक सिटीका लागि जोन वाल्टर्सले एक गोल गरे ।

वाल्टर्सले १२ औं मिनेटमा गोल गर्दै स्टोकलाई सुरुवाति अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा लालनाले लिभरपुलका लागि बराबरी गोल फर्काए । ४४ औं मिनेटमा फिरमिनोले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले २–१ को अग्रता लियो ।

५९ औं मिनेटमा स्टोक सिटीका इम्बुलाले आत्मघाती गोल गरे । यस्तै ७० औं मिनेटमा स्टरेजले गोल गरेपछि लिभपरपुल ४–१ ले विजयी भयो । जितपछि लिभरपुलको १८ खेलबाट ४० अंक भएको छ ।

लिभरपुल शीर्ष स्थानको चेल्सीका भन्दा ६ अंकले पछि छ । यस्तै तेस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीसँग लिभरपुलले एक अंकको अग्रता लिएको छ । १८ खेलबाट २१ अंकसहित स्टोक सिटी १३ औं स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी