दिवंगत माओवादी सांसद भक्ति प्रसाद पाण्डेको जीवनीमा आधारित पुस्तक“चाचा”विमोचन कार्यक्रमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले एउटै मञ्चबाट भाषण गरे । दिवंगत पाण्डेले आफ्नो पुस्तकको अन्त्यतिर प्रचण्ड र बाबुरामका् मुल्याङ्कन गर्दै क्रान्ति पूरा गर्न दुबैजना नमिली हुदैन भनेको विषयलाई समातेर वक्ताहरुले उनीहरुलाई मिल्न आग्रह गरे । भट्टराईले नयाँ शक्ति पार्टी खोल्न हतार गरेको प्रचण्डको धारणा थियो भने वैचारिक मतभेदका कारण नयाँ पार्टी गठन गरिएकाले तत्काल मिल्नन सकिने भट्टराईको तर्क थियो । कार्यक्रममा दुबै पार्टीका कार्यकर्ताको बाक्लो उपस्थिति थियो । कार्यकर्ताहरु कानेखुसीगर्दै थिए — यिनीहरु मिले त राम्रै हुन्थ्यो ।
अँमिले त राम्रै हुन्थ्यो । तर कसरी ? केका आधारमा? के माओवाद परित्याग गरेका डा. भट्टराई फेरि माओवाद अँगाल्न सक्छन् ?वा प्रचण्डले माओवाद परित्याग गर्न सक्छन् ? नेकपा(माओवादी) केन्द्र माओवादी जनयुद्धको सिल्सिलामा निर्माण भएको पार्टी हो । यो पार्टीमा युद्धभन्दा फरक पृष्ठभूमिबाट आएका मानिस मुल नेतृत्वमा अझै कैयन बर्ष पुग्न सक्दैनन् । युद्ध भन्दा फरक पृष्ठभूमिबाट आएका मानिस त उनीहरुको नजरमा क्रान्तिकारी नै हुन सक्दैनन् । पार्टीमा प्रचण्डको टिका पाएको व्यक्तिमात्रतत् तत् ठाउँको नेताबन्न सक्छ, कार्यकर्ताको मतपाएर होईन । कार्यकर्ता अनुमोदित नेतृत्व बनाउने कुनै सोच र योजना देखिदैन त्यो पार्टीमा । प्रचण्डलाई च्यालेन्ज गर्ने कोही नेता त्यहाँ बस्न सक्दैन । किनभने यो नेताले चलाएको पार्टी होईन, कमाण्डरले चलाएको पार्टी हो ।
नेकपा(माओवादी) मालेमावादमा विस्वास गर्दछ । सत्ता जनमत जितेर चलाउने विषयहोइन, कब्जा गरेर चलाउने हो भन्ने मान्यता राख्दछ । मालेमावाद भन्दा अलिकति दाँयाबाँया कुरा गर्नेलाई यो पार्टी दक्षिणपन्थी, संशोधनवादी, गद्दार जस्ता शब्दावलीले सुशोभन गर्छ । आफूले पाएको पद जीवन भरी नछोड्ने तर अरु कसैले पदको आकाङ्क्षा राख्यो भने उसमाथिचाहिँ पदलोलुप, अराजक, शङ्कास्पद, निम्न पूजीवादी चिन्तनले ग्रस्त भएको, क्रान्तिकारी स्पिरिट नभएको आदि आरोप लाईन्छ । प्रचण्ड लगायत नेकपा(माओवादी) केन्द्रका पदाधिकारीहरु क्रान्ति पूरा नहुन्ज्याल सोहीपदमा बस्नै पर्ने “बाध्यता” छ । अरु उनका केवल सहयोगी ।
तर नयाँ शक्ति पार्टी, नेपाल विल्कुल भिन्न वैचारिक, सांगठानिक परिवेशमा अस्तित्वमा आएको पार्टी हो । माओवादी जनयुद्धसंग यसको कुनै सम्बन्ध छैन । यो नयाँयुगको नेतृत्व गर्न जन्मेको पार्टी हो । यो मालेमावादको साँगुरो घेराबाट अगाडि बढ्न सक्दैन । नयाँ शक्ति अरु कुनै वादविशेषको सतिजान सक्दैन । यो लोकतान्त्रिक चुनावबाट नेता निर्माण गर्दछ, टिके नेतृत्वमा पटक्कै विश्वास गर्दैन । नयाँशक्ति समावेशीकरणको ग्यारेण्टी सहितको प्रत्यक्ष लोकतन्त्रमा विश्वास गर्दछ । नयाँ शक्तिमा कोही पनि अनिर्वाचित नेता रहन सक्दैन । अरुको त के कुरा डा. भट्टराई पनि निर्वाचित नभई पार्टीको प्रथम व्यक्ति लामो समयसम्म रहीरहन संभव छैन । नयाँशक्ति नेकपा(माओवादी) केन्द्र जस्तो एकल नेतृत्वमा चलेको पार्टी होइन । नयाँ शक्तिm सामुहिक नेतृत्वमा चलेको पार्टी हो । नयाँशक्ति कुनै नेताविशेषको ईच्छामा चल्ने पार्टी नभै नेतृत्व पुञ्जको सामुहिक र संस्थागत निर्णयले चल्ने पार्टी भएकोले व्यक्तिले गालाजोडेर एकता हुन्छ भन्ने सोच अवस्तुवादी सोच मात्र हो ।
यति धेरै भिन्नता भएका पार्टी मिल्न त्यति सजिलो छैन । अरु माओवादी खेमा रुपमा भिन्न भए पनि सारमा एकै छन् । तिनीहरुको मार्गदर्शक सिद्धान्त मालेमावाद नै हो । तर नयाँशक्ति न त्यो मार्गदर्शक सिद्धान्त मान्दछ, न पुरानो कम्युनिष्ट वैचारिक सांगठानिक ढर्रा नै । त्यसकारण ठूलो वैचारिक उलटफेर नभई नयाँशक्ति र नेकपा(माओवादी) विचएकताको संभावना छैन । कथंकदाचित् प्रचण्डको नेतृत्व स्वीकारेर डा. भट्टराई माओवादी केन्द्रमै फर्कने कुरा भयो भने त्यो व्यक्तिको निजी निर्णय हो । त्यो पार्टीएकताको कुरा होईन । नयाँशक्तिकतै विलयहुन जन्मेकै होइन ।