सोलीडारीटी कपले नेपाललाई दिलायो एशिया कप छनौट खेल्ने अवसर

सोलीडारीटी कपले नेपाललाई दिलायो एशिया कप छनौट खेल्ने अवसर

  • मङ्लबार, पुस १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

काठमाण्डौं पुष १२ । एएफसी सोलीडारीटी कपको बिजेता बनेको नेपालले एशिया कप छनौट खेल्ने मौका पाएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राखेको एसिया कप छनोट खेल्ने प्रस्तावलाई स्वीकारेको छ । छनोटको तेस्रो चरणका दुई टिम कुवेत र ग्वाम अन्तर्रा्ष्ट्रिय फुटबल महासंघ (फिफा) र एएफसीको कारवाहीमा परेपछि नेपालको भाग्य चम्केको हो । नेपालसँगै मकाउले यो सम्भावना पाउनेछ । मकाउ सोलीडारीटी कपको उपविजेता हो ।
पहिला त्यति बेला नेपाल छनोटको सुरुवाती चरणमा भारतसँग पराजित भएको थियो । अब नेपालले छनोटको तेस्रो चरण खेल्नेछ । सन् २०१९ मा यूएईमा हुने एसिया कपमा अहिलेसम्म १२ टिम छनोट भइसकेका छन् । प्रतियोतिगामा कुल २४ टिमले सहभागिता जनाउने छन् । अब छनोट हुने १२ टिमको निर्णय हुन बाँकी छ । तेस्रो चरणमा २४ टिम छन् । यी टिमलाई ६ समूहमा विभाजन गरिनेछ । त्यसयता तिनीहरूले होम एन्ड अवेका आधारमा समूहको लिग खेल खेल्नेछन् ।

एन्फाका अनुसार एसिया कप छनोटका ड्र जनवरी २३ मा हुनेछ । यी खेल एक वर्ष चल्नेछ । लिग खेल सन् २०१७ को मार्च २८ मा सुरु भएर सन् २०१८ को मार्च २७ सम्म चल्नेछ । नेपालले पछिल्लो पटक सन् २००४ को एसिया कप छनोट खेलेको थियो । त्यसमा दक्षिण कोरिया, ओमान, भियतनाम जस्ता टिमसँग ठूलो अन्तरको हार बेहोरे यता नेपालले फेरि छनौट खेल्न पाएको थिएन । छनोटमा नेपालले राम्रो प्रदर्शन गर्ने हो भने टिमको एसिया कपको अन्तिम चरण खेल्ने सम्भावना पनि पाउन सक्नेछ । एसिया कपमा सहभागी हुने टिमको संख्या बढाएर पहिलोपल्ट २४ देश र्पुयाएपछि यो सम्भावना रहेको हो ।

एसिया कप छनोट तेस्रो चरणको ड्र भने आउने बाँकी छ । एएफसीको वेबसाइटका अनुसार सुरुवाती ड्र जनवरी १८ मा निकालिनेछ । छनोटको तेस्रो चरण खेल्ने टिममा जोर्डन, ओमान, फिलिपिन्स, बहराइन, किर्गिस्तान, उत्तर कोरिया, भारत, प्यालेस्टाइन, ताजकिस्तान, भियतनाम, हङकङ र तुर्कमेनिस्तान छन् । अरू टिममा माल्दिभ्स, लेबनान, यमन, अफगानिस्तान, चाइनिज ताइपेई, म्यानमार, मलेसिया, सिंगापुर, कम्बोडिया र भुटान छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी